आन्दोलनकै पक्षमा राजपा नेपाल

सुभाष साह
काठमाडौं, १० जेठ 

संबिधान संशोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

बिधिवत रुपमा पार्टी निर्वाचन आयोगमा दर्ता नभएको, चुनाव चिन्ह नपाएको र संबिधान संशोधन समेत नभएकाले निर्वाचनमा जान नसकिने राजपा नेपालका नेताहरुले बताएका छन् । 

पहिलो चरणको निर्वाचन सम्पन्न भएर ३१ जेठमा दोस्रो चरणको निर्वाचन हुने समय नजिकिदै जाँदा राजपा नेपालले आधिकारी रुपमा निर्वाचनमा सहभागि हुने की नहुने भन्ने बिषयमा निर्णय गर्न सकेको छैन् । 

राजपा नेपालका अध्यक्ष मण्डलका बैठक नियमित रुपमा दिनहु बसिरहेको छ । तर आन्दोलन गर्ने की निर्वाचनमा सहभागि हुने भन्ने बिषयमा ठोस निर्णय गर्न सकेको छैन् । बुधबार बिजुलीबजार स्थित पार्टी कार्यालयमा बसेको बैठक पनि बिना निष्कर्ष सकिएको छ । 

बिहिबार राजपा नेपालको बैठक बसेर त्यसपछि संघीय गठबन्धनको बैठक गरी ठोस निर्णय सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । 

राजपा नेपालको अध्यक्ष मण्डलमा बिभिन्न ६ पार्टी मिलेर बनेको पार्टीका अध्यक्षहरु रहेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका छन् । 

राजपा नेपाल जिल्ला कमिटी मोरंग, महोतरी, सर्लाही, सुनसरी, रौतहट, सिराहा सहित १२ जिल्लाले संबिधान संशोधन नभएको निष्कर्ष निकाल्दै आन्दोलनकै पक्षमा रहेको छ । १२ जिल्ला कमिटीले छुटाछुटै बैठक गर्दै जुन मागका लागि बिगतमा आन्दोलन भयो त्यो माग पुरा नभई निर्वाचनमा सहभागि नभई आन्दोलन नै गर्नुपर्ने निर्णय सहित नेतृत्वलाई दबाब दिएका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’