प्रदेश नं. २ को पर्यटकीय बिकासका लागि यस्तो गरौं

काठमाडौं, १० जेठ 

एमाले महासचिव ईश्वर पोखरेलले नेपाल र नेपालीको समृद्धिका लागि पर्यटन, उर्जा र कृषीको  बिकास आवश्यक रहेको बताएका छन् । 

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नं. २ स्तरीय कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको ‘प्रदेश नं. २ मा पर्यटकीय पुर्वाधारको बिकास, प्रबद्र्धन र बजारीकरण’ बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

प्रदेश नं. २ को पर्यटन बिकासका लागि काठमाडौं–तराई मधेस फास्ट ट्याक, बारा अन्तर्राष्ट्रिय बिमान स्थल, हुलाकी राजमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण गर्नुपर्ने बताए । 

‘प्रदेश नं. २ मा रहेका राष्ट्रिय गौरबका आयोजना निर्माण सम्पन्न गर्नुपर्छ त्यसका लागि एमाले सधै अग्रमोर्चामा रहनेछ’ पोखरेलले भने, ‘प्रदेश नं. २ मा पर्यटनको अचुर सम्भावना भएकाले त्यसको बिकासका लागि लाग्नपर्छ ।’ 

बिश्वप्रसिद्ध पर्यटकीय, ऐतिहासिक, सांस्कृतीक, धार्मिक नगरीको रुपमा रहेका बाराको गढीमाई, सिम्रौनगढ, कलैयाको सिद्धेश्वर मन्दिर, जनकपुरको रामजानकी मन्दिर, रौतहटको शिवनगर लगायतको बिकासले बिश्वका पर्यटक प्रदेश नं. २ मा आउँने उनले बताए । 

यस्तै जनकपुरधाम, मिथिला परिक्रमा मार्ग, सलहेस लगायतको बिकास गर्न सक्यो भने प्रदेश नं. २ का जनताको पनि समृद्धि प्राप्त गर्ने लक्ष्य पुरा गर्न सकिने बताए । 
यस्तै एमाले पोलिटव्युरो सदस्य डा. बंशिधर मिश्र, बैकल्पिक पोलिटव्युरो सदस्य शत्रुधन महतो, केन्द्रीय सदस्य एवं पर्यटन बिभाग प्रमुख सूर्य थापा, प्रदेश नं. २ का सांसद लगायतकाले प्रदेश नं. २ को आर्थिक बिकासले देशकै आर्थिक मुहार फेरिने भएकाले एमाले आर्थिक समृद्धको योजना पुरा गर्ने बताए । 

कार्यक्रममा प्राध्यापक बिजयकुमार दतले प्रदेश नं. २ को पर्यटकीय पुर्वाधारको बिकास, प्रवद्र्धन र बजारीकरणको बिषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । प्रदेश नं. २ को पर्यटकीय बिकासका लागि बिभिन्न योजनाको निर्माण एवं बिकास गर्नुपर्नेमा उनले आफ्नो कार्यपत्रमा उल्लेख गरेका छन् । 


Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’