तह थपपछि एमाले आक्रोशित, गैरकानुनी र निर्वाचनविरोधी

सुभाष साह
काठमाडौं, ९ जेठ

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयलाई गैरकानुनी भन्दै यसले स्थानीय तहको दोस्रो चरण निर्वाचनलाई अन्योलमा धकेलेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन नदिन सरकारले तह थपको निर्णय गरेको आरोप लगाए । 

‘तह थप्ने निर्णय स्थानीय तह पुनःसंरचनासम्बन्धी नेपालको संविधानको स्पष्ट व्यवस्था तथा हालै व्यवस्थापिका–संसद्बाट पारित कानुनको समेत ठाडो उल्लंघन हो,’ ओलीले भने, ‘निर्वाचन हुन तीन साता बाँकी रहँदा गरिएको हेरफेरले निर्वाचनको तयारीमा समेत गम्भीर प्रतिकूल प्रभाव पारेको छ र यसले निर्वाचनलाई अन्योलमा धकेलेको छ ।’ 

स्थानीय तहको संख्या र सीमा निर्धारणको विषय जनताको सेवा, सुविधा तथा स्वशासनसँग जोडिएको जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले सीमा र संख्या हेरफेर गर्ने विषय पनि संविधान र प्रचलित कानुनबमोजिम नै हुनपर्ने एमालेको ठहर छ । 
स्थानीय तह पुनःसंरचनाकै क्रममा एमालेले विराटनगर, वीरगन्ज, बुटवल, जनकपुरलगायतलाई महानगर बनाउने प्रस्ताव अगाडि सार्दा वर्तमान सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले विरोध गरेको एमालेले जनाएको छ ।
अहिले पहिलो चरणको निर्वाचन सम्पन्न भई अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा गरिएको निर्णय निर्वाचन क्षेत्रको दुराशययुक्त हेराफेरी (जेरिम्यान्डरिङ) को नमूना रहेको एमालेले जनाएको छ । 
पहिलो चरणको निर्वाचनको सफलतासँगै अब सम्पूर्ण राजनीतिक दलको ध्यान बाँकी प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न गर्न केन्द्रित हुनुपर्ने जनाउँदै एमालेले निर्वाचनको वातावरणलाई बिथोल्न सक्ने, निर्वाचनको स्वच्छतामाथि आँच पु¥याउने र मतदाताहरूलाई अन्योल र द्विविधामा पु¥याउने कुनै पनि काम नगर्न पार्टीले निर्वाचन आयोग, सरकार र सत्तारूढ दलहरूलाई गम्भीर हेक्का राख्न आग्रह गरेको छ । 
प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्धमा सत्तारूढ दल कांग्रेस, माओवादीले दर्ता गरेको महाअभियोग प्रस्ताव निःसर्त र अविलम्ब फिर्ता गर्न एमालेले पुनः माग गरेको छ । संविधान एउटा गतिशील दस्तावेज भएकाले औचित्य, आवश्यकता, जनचाहना र राष्ट्रिय हितका लागि यसमा संशोधन हुन सक्ने यथार्थप्रति कसैको दुई मत हुन सक्दैन भन्ने स्पष्ट गर्दै एमालेले विनाऔचित्य र कसैका निहित स्वार्थ पूर्तिका लागि कुनै अँध्यारो कोठामा गरिएको वाचाकबुल पूरा गर्न संविधानमा संशोधन हुन नसक्ने जनाएको छ । 
यता, हालै सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन आम रूपमा उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भए पनि सरकार र सत्ताधारी दलका कार्यकर्ताहरूबाट कतिपय जिल्लाहरूमा खुलेआम हिंसा, धाँधली, बुथकब्जा, साधन–स्रोतको दुरुपयोग र अनियमितताका घटना भएकामा त्यसको संसदीय छानबिन गर्न एमालेले माग गरेको छ ।
निर्वाचनमा विजय या पराजय ठूलो कुरा नभएको जनाउँदै एमालेले निर्वाचन भयरहित, निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन तथा मतदाताहरूको मताधिकार एवं मतको सुरक्षा हुन्छ कि हँुँदैन भन्ने प्रश्न महŒवपूर्ण भएको जनाएको छ । 
२०७२ भदौमा आठजना सुरक्षाकर्मी र एकजना दुधे बालकको नृसंश हत्या हुने गरी घटित टीकापुर घटना तथा त्यसपछिका बन्द–हडतालहरूमा भएका कतिपय आपराधिक घटनाहरूलाई राजनीतिक आवरण दिई तिनमा संलग्नहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति एमालेले गम्भीर आपत्ति जनाएको छ । 
मानवअधिकारका विश्वव्यापी मूल्य–मान्यता, मानवीय कानुन तथा सर्वोच्च अदालतका पटक–पटकका फैसला र नजीरहरू एवं राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरूविपरीतको यो निर्णयले दण्डहीनतालाई संस्थागत गर्दै आपराधिक मनोवृत्तिलाई बढावा दिने निष्कर्ष एमालेको रहेको छ ।

देउवामा सत्तामोह 
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामा राष्ट्र र जनताको भन्दा बढी सत्ताको मोह बढेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले अहिले संविधानको कार्यान्वयन, दोस्रो चरणको स्थानीय तह निर्वाचन, नीति तथा कार्यक्रम, बजेटलगायतका विषय महŒवपूर्ण रहेको बताउँदै सरकार गठन–विघटनमा ध्यान नदिन देउवालाई आग्रह गरेको बताए । 

‘अर्जुनको ध्यान जसरी माछाको आँखामा मात्रै रहेको थियो, देउवाजीको ध्यान पनि प्रधामन्त्रीमा मात्रै रहेको छ,’ ओलीले भने, ‘देउवाजीलाई भेटेरै मैले भनिदिएको छु, अहिले मुलुकको अतिआवश्यक जिम्मेवारी पूरा गर्ने बेलामा सरकारमै ध्यान दिनु उपयुक्त हुँदैन ।’

२०÷२२ दिनमा मुलुकमा महŒवपूर्ण कार्य सम्पन्न गर्नुपर्ने भएकाले त्यति दिन पर्खिंदा केही नबिग्रिने बताउँदै ओलीले सत्ताको मोह नगर्न देउवालाई सुझाव दिए । 
देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुर्सी मागेर थाल खाउँ कि भात ? भन्ने अवस्थामा पु¥याएको टिप्पणी गर्दै ओलीले प्रधानमन्त्रीलाई भेटेर देउवाले प्रधानमन्त्रीबाट राजीनामा देऊ, मलाई प्रधानमन्त्री बनाऊ भन्दै हैरान गरेको बताए । नेपालमा लोकतान्त्रिक आन्दोलन चरिहेका बेला देउवा बेलायतको गल्लीमा बरालिँदै हिँडिरहेको ओलीले बताए । 

नेपाल फर्केर गृहमन्त्री भएका देउवाले घरमा बसेको बालकलाई गोलीले हानेर मार्दै ‘गोलीको आँखा हुँदैन’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने यस्ताबाट केही अपेक्षा गर्नु बेकार रहेको उनले बताए ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’