निर्वाचनमा सहभागि हुन यादवको आग्रह महतोद्धारा अस्वीकार


सुभाष साह
काठमाडौं, ८ जेठ 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागि हुने की नहुने भन्ने बिषयमा मधेसबादी दल बिभाजित भएका छन् । 

संबिधान संशोधन गरी मधेसी, आदीबासी जनजाती, थारु लगायतको माग सम्बोधन गर्नुपर्ने माग गर्दै संगै आन्दोलन गरेका मधेसबादी दल निर्वाचनको बिषयलाई लिएर दुई चिरामा बिभाजित भएका छन् । 

मधेसी जनताको भावना अनुसार ६ मधेसबादी दल एकिकरण भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल संबिधान संशोधन नभई निर्वाचनमा जान नहुने पक्षमा उभिएको छ । तर संघीय समाजवादी फोरम नेपाल संबिधान संशोधन नभए पनि निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा देखिएको छ । र फोरम नेपाल पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि पनि भयो । 

पार्टीको कार्यक्रमका लागि जनकपुर पुगेका फोरम नेपालका अध्यक्ष उपेन्द यादवले सोमबार त्यहीबाट फोन मार्फत राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई चुनावी तालमेलका बिषयमा कुराकानी गरेका छन् । 

चुनावी तालमेलका बिषयमा यादवले गरेको प्रस्ताव महतोले अस्वीकार गरेका छन् । संबिधान संशोधन गरेर आफ्ना माग पुरा नभएको भन्दै अब हुने आन्दोलनमा सहभागि हुन महतोले यादवलाई प्रस्ताव गरेका छन् । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महतोले बिगतमा संगै आन्दोलन गरेको स्मरण गराउँदै संबिधान संशोधन गर्नका लागि आन्दोलनको बिकल्प नरहेको फोरम नेपालका अध्यक्ष यादवसंग कुराकानी भएको बताए । 

‘मधेसी मोर्चा मार्फत हामीले संगै मिलेर आन्दोलन गर्यौ, संबिधान संशोधन गरेर जनताको माग पुरा भएन, निर्वाचनमा सहभागि हुने कुरै आउँदैन्’ महतोले राजधानीसंग भने, ‘उपेन्द्रजीलाई मैले जनतालाई छाडेर नजान सल्लाह दिएको छु, जनताको माग नै हाम्रो माग भएकाले जनताको भावना बुभनुपर्यो ।’

मधेसबादी दलको एकताले नै मधेसी जनताको माग पुरा हुने भएकाले मधेसी दलबीचको एकिकरणमा सहभागि हुन यादवलाई महतोले सुझाव दिएका छन् । ६ मधेसबादी दलबीचको एकिकरण जनताको भावना र माग अनुसार भएकाले एकिकरणमा सहभागि भई जनतालाई सम्मान गर्न महतोले सुझाएका छन् । 

तर फोरम नेपालका अध्यक्ष यादवले निर्वाचनमा चुनावी तालमेल गरेर मधेसबादी दललाई बिजयी गराउँन निर्वाचनमा सहभागि हुन महतोलाई आग्रह गरेको बताए । निर्वाचत मार्फत मधेस बिरोधी पार्टीलाई पाठ सिकाउँन चुनावी तालमेल गर्नुपर्ने बिषयमा कुराकानी भएको उनले बताए । 

‘सम्पुर्ण मधेसबादी दलको तर्फबाट एउटा साझा उम्मेदवार उठाउनुपर्ने बिषयमा छलफल भईरहेको छ’ यादवले भने, ‘राजपा नेपाल पनि निर्वाचनमा सहभागि हुन्छ भन्ने बिश्वास मलाई लागेको छ, निर्वाचनमा तालमेल गरेर अघि बढनुपर्ने बिषयमा कुराकानी भईरहेको छ ।’

जनताको भावना बुझ्न नसक्दा निर्वाचनमा जनताले मत नदिएको पहिलो चरणको निर्वाचनमार्फ सिकेर जनतासंगै अघि बढनुपर्ने महतोको धारणा रहेको छ । मधेसी मोर्चाको एक घटक फोरम पनि भएकाले उसको एक आहवानमा जनता सडकमा उत्रिए, शाहादत दिएको कुरा मनन गर्दै अघि बढनुपर्ने महतोले यादवसंगको कुराकानीमा आफ्नो धारणा राखेका छन् । 

यता राजपा नेपाल सहितको संघीय गठबन्धनको बैठक चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एक दिन पर्खिन आग्रह गरेपछि बैठक बिना निष्कर्ष स्थगित भएको छ । 

आन्दोलनका कार्यक्रम घोषणा गर्न बिजुलीबजारमा सोमबार बसेको गठबन्धनको बैठक प्रधानमन्त्री दाहालको आग्रहका कारण स्थगित गरिएको राजपा नेपालका महासचिव मनिष सुमनले बताए । 

संबिधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण लगायतका माग पुरा नभएकाले अब निर्वाचनमा सहभागि हुने की आन्दोलनका कार्यक्रम ल्याउँने भन्ने बिषयमा गठबन्धनको बैठक बसेर निर्णय गरिने राजपा नेपालका महासचिव केशव झाले बताए ।  

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’