मतगणना तत्काल शुरु नगरे सडक र सदनमा आन्दोलन गर्ने–एमाले


सुभाष साह
काठमाडौं, १६ जेठ

प्रतिपक्षी दल एमालेले भरतपुर महानगरको मतगणना शुरु नगरे सकड र सदनबाट आन्दोलन शुरु गर्ने प्रस्ताव पारित गरेको छ । 

एमाले संसदीय दलको मंगलबार भएको बैठकले भरतपुर महानगरको निर्वाचन यथासिघ्र शुरु गर्न माग गर्दै यस्तो प्रस्ताव पारित गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरको मतगणना शुरु नगरि सडक र सदनबाटै आन्दोलन शुरु गर्ने प्रस्ताव पारित गरेको बताए । 


बैठकमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई आन्दोलनका निमित तयार रहन निर्देशन समेत दिएका छन् । भरतपुरमा मतगणना तत्काल शुरु नगरिए त्यसको बिरोधमा संदन र सडक दुबैबाट हुने आन्दोलनका लागि तयार रहन ओलीले निर्देशन दिएको ढकालले बताए । 

‘राज्यसत्ताको सत्तारुढ दलले चरम दुरुपयोग गरिरहेका छन्, भरतपुरको घटना हारजीतको मात्रै सवाल नभई लोकतन्त्र मान्ने की नमान्ने पनि हो’ ओलीले भने, ‘एमालेका लागि परिस्थिति जटिल बन्दै गईरहेको छ, लोकतन्त्रको रक्षाका लागि एमालेले गर्ने आन्दोलनका लागि तपाईहरु तयार रहनुहोला ।’ 

यदी शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण भए अहिलेको सरकारभन्दा केही फरक नहुने उनले बताए । देउवा प्रधानमन्त्री भए भने अहिलेको सरकार जस्तै आफ्नो काम गर्ने ओलीले बताए । 

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणका लागि तिब्ररुपमा तयारीमा जुटन उनले सांसदहरुलाई निर्देशन दिएका छन् ।  दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न, एमाले उम्मेदवारलाई निर्वाचन गराउँन र त्यसको तयारीका लागि जुटन उनले निर्देशन दिएका छन् । 

मतगणना शुरु गर्न एमालेको सुझाव

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई भेटेर एमालेले भरतपुर महानगरको मतगणना शुरु गर्न सुझाव दिएको छ । 

एमाले अध्यक्ष ओलीको नेतृत्वमा मंगलबार आयोगको कार्यालयमा भेटघाट गर्दै एमालेले बिभिन्न बाहानामा मतगणनामा भईरहेको बिलम्बप्रति आपति जनाएको छ । 

यस्तै एमालेले मतपत्र च्यात्ने र योजना बनाउँने तथा निर्देशन दिने काम सत्तारुढ दलबाटै भएकाले सरकारी कर्मचारीको नेतृत्वमा गठन भएको अनुगमन टोलीको रिपोर्ट नमान्ने जनाएको छ । 

एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ्गले आयोगका पदाधिकारीसंग भेटेर भरतपुर महानगरको मतगणना शुरु गर्न सुझाव दिएको बताए । प्रमुख आयुक्त वा आयुक्तकै नेतृत्वमा अनुगमन तथा छानबिन हुनुपर्ने घटना भएको भए पनि त्यसमा निर्वाचन आयोग गम्भिर नभएको आरोप एमालेले लगाएको छ । 

‘पुनः मतदान गराउँदा चुनावमा हार्ने संकेत आएपछि जोकोहीले पनि मतपत्र च्यात्ने र पुनः मतदानको माग गर्ने परिपाटी नै बस्ने अवस्था सृजना हुने भएकाले गम्भिर हुन आग्रह गर्यौं’ नेम्वाङ्गले भने, ‘भरतपुरमा तत्काल मतगणना शुरु नगरिए एमाले कडा आन्दोलनमा उत्रने कुराको जानकारी गरायौं ।’ 

माओबादी कार्यकर्ताले मतपत्र च्यातेर जघन्य अपराध गरेकाले त्यस्तो कार्यमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने माग एमाले अघि सारेको छ । च्यातिएका मतपत्र गन्न मिल्नेलाई गन्ने र बाँकीलाई शिलबन्दी गरेर मतगणना अघि बढाउँनु बाहेक अरु कुनै बिकल्प नभएको एमाले जनाएको छ । 

ओली नेतृत्वमा गएको टोलीमा नेम्वाङ्गसंगै पार्टीका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, सचिव प्रदिप ज्ञवाली लगायतका नेताहरुको सहभागिता रहेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’