नीति तथा कार्यक्रम तयारी : १० वर्षमा प्रतिव्यक्ति आय ५ लाख
सुभाष साह काठमाडौं, २६ चैत प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । १० वर्षभित्रमा प्रतिव्यक्ति आय ५ लाख पु¥याउनेलगायतका महŒवाकांक्षी योजनासहित सरकारले संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी थालेको हो । प्रधानमन्त्रीको भारत भ्रमण र सरकार विस्तारको प्रयासका कारण लम्बिएको नीति तथा कार्यक्रमको तयारीलाई प्रधानमन्त्री फर्किएलगत्तै तीव्रता दिइएको रक्षामन्त्री इश्वर पोखरेल बताउँछन् । सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त वाम घोषणापत्रमा उल्लेख गरिएका लक्ष्यलाई पूरा गर्ने गरी नीति र कार्यक्रम तयार पारिरहेको उनले बताए । केही दिनभित्रै संसद्मा प्रस्तुत गर्ने योजनाका साथ हाल मन्त्रालयगत रूपमा नीति र कार्यक्रमहरू तयार भइरहेको उनको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि २१ कात्तिकमा वाम गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको संयुक्त घोषणापत्रमा समावेश गरिएका कार्यक्रमलाई पूरा गर...