संसदीय दलको नेता छान्न वामगठबन्धनमा सकस




सुभाष साह
काठमाडौं , २४ माघ 


वामगठबन्धनका एमाले र माओवादी केन्द्रले प्रदेश संसदीय दलको नेता छान्न छान्न सकस भएको छ । आकांक्षीको संख्या बढी भएकाले सर्वसहमत संसदीय दलको नेता छान्न सकिएको छैन् । संसदीय दलको नेता सर्वसहमत छान्न नसकेपछि नेताहरु सर्वसहमतका साथै निर्वाचनको बाटो रोजेका छन् । 

प्रदेश संसदीय दलले सर्वसहमत संसदीय दलको नेता छान्न नसके निर्वाचन मार्फत छान्नुपर्ने हुन्छ । तर संसदीय दलको नेता बन्न चाहनेहरुको संख्या बढी भएकाले ढिलाई भएको हो । संसदीय दलको नेता छान्नमा ढिलाई भएसंगै प्रदेश सरकार गठनमा समेत ढिलाई हुने देखिन्छ । 

एमाले र माओवादी केन्द्रको वामगठबन्धनद्धारा गठित कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्यमन्त्री र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको मुख्यमन्त्री हुने बाँडफाँट गरेको हो । यसैगरी प्रदेश १, ३, ६ र ७ मा एमालेको सभामुख र प्रदेश ४ र ५ मा माओवादी केन्द्रको सभामुख हुने निर्णय कार्यदलले यस अघि नै गरेको छ । 

यस्तै कार्यदल बैठकले प्रदेश ४ र ५ मा एमालेको उपसभामुख र प्रदेश १, ३, ६ र ७ मा माओवादी केन्द्रको उपसभामुख हुने निर्णय गरेको छ । कार्यदलले गरेको निर्णय एमाले र माओवादी पार्टी एकता संयोजन समितिले समेत पारित गरिसकेको छ । 

एमालेले मुख्यमन्त्री पाएको प्रदेश १ र ३ मा संसदीय दलको नेता छान्न आउँने शुक्रबार संसदीय दलको बेठक बोलाएको छ । प्रदेश ५ मा मुख्यमन्त्री बन्ने निश्चित भएका एमाले नेता शंकर पोखरेल संसदीय दलको नेता भईसकेका छन् । 

तर प्रदेश ४ मा मुख्यमन्त्री पाएको एमालेले संसदीय दलको नेता कहिले र कसरी छान्ने त्यसको टुंगो लगाउँन सकेको छैन् । एमाले स्थायी कमिटी बैठकले सर्वसहमत नभए निर्वाचन मार्फत टुंगो लगाउँन निर्देशन दिईसकेको छ । 

माओवादीको भाग मुख्यमन्त्री परेको प्रदेश ६ मा महन्द्र शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेता छनौट भईसकेका छन् । तर असन्तुष्टि पनि रहेकाले बिबाद भईरहेको छ । 
मुख्यमन्त्री प्रदेश ४ मा पाएको एमालेले संसदीय दलको नेता कहिले छान्ने त्यसको टुंगो अहिले सम्म लाग्न सकेको छैन् । प्रदेश २ मा मधेसवादी दलको सरकार बन्ने गरी बहुमत छ । प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल एमाले हुने र त्यसको नेता बन्नका लागि समेत निर्वाचन बाटै संसदीय दलको नेता छान्नुपर्ने हुन्छ । तर बैठक कहिले हुने टुंगो लाग्न सकेको छैन् । 

एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले ३ वा ४ गते संसदीय दलको बैठक बस्ने बताए । प्रतिपक्षी दलको नेता बन्न मण्डलका साथै पोलिटव्युरो सदस्य समेत रहेका नेता शत्रुधन महतो प्रतिस्पर्धामा रहेका छन् । 

एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले प्रदेश ३ को संसदीय दलको बैठक आउँने शुक्रबार हुने बताउँदै बैठकले संसदीय दलको नेता छनौट गर्ने बताए । बैठकले संसदीय दलको नेताका साथै सभामुखको बिषयमा समेत निर्णय गर्ने उनले बताए । 

प्रदेश ३ मा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्य र पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे संसदीय दलको नेतामा भिडने भएका छन् । शाक्य र पाण्डेका साथै प्रदेश ३ मा मुख्यमन्त्रीका लागि पोलिटव्युरो सदस्यद्धय पशुपति चौलागाई र अरुण नेपालले समेत दाबेदारी प्रस्तुत गरेका छन् । 

प्रदेश १ मा एमाले केन्द्रीय सचिव समेत रहेका भिम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राईले संसदीय दलका लागि प्रतिस्पर्धामा रहेका छन् । यसैगरी प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटव्युरो सदस्य किरण गुरुङले संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने तयारीमा तयारी गरिरहेका छन् । 

संसदीय दलको बैठकबाटै संसदीय दलका नेता छानिएका नेता मुख्यमन्त्री हुनेछन् । संसदीय दलको बैठक बाटै सभामुख र उपसभामुखको बिषयमा निर्णय गरिनेछ । 




Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !