प्रदेश २ सरकार: राजपाको प्रस्ताव फोरमद्धारा अस्वीकार
सुभाष साह
काठमाडौं, २३ माघ
प्रदेश २ मा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालको प्रस्ताव संघीय समाजवादी फोरम नेपालले अस्वीकार गरेको छ ।
प्रदेश सरकार निर्माणका लागि दुई दलका बीचमा भएको छलफलमा सिट बाँडफाँट हुन सकेन् । बैठकमा राजपा नेपालले प्रदेश सरकार निर्माण गर्दा मुख्यमन्त्री दुबै पार्टीले आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
फोरम नेपालकी उपाध्यक्ष एवं प्रदेश २ का संयोजक रेणु यादवले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपा नेपालबाट आए पनि कुनै सहमती हुन नसकेको बताईन् । प्रदेश सरकार राजपा नेपाल र फोरम नेपालकै सहमतीमा बन्ने निश्चित भएको उनले बताईन् ।
‘मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राजपाबाट आएको हो, तर सहमती हुन सकेको छैन्’ यादवले भनिन्, ‘मुख्यमन्त्री फोरम नेपालकै हुन्छ, प्रदेश सरकारको नेतृत्व फोरमले नै गर्छ, अरु पदमा सहमती गर्न बाकी छ ।’
दुई पार्टीकै सहमती एवं सहकार्यमा प्रदेश २ मा सरकार निर्माण हुने बताउँदै उनले सिट बाँडफाँटका बिषयमा आउँने बैठकमा टुंगो लाग्ने बताईन् । प्राप्त जनादेश अनुसार प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालकै संयुक्त सरकार बनाउँने बिषयमा दुबै दलका नेता सहमत रहेको उनले बताईन् ।
राजपा नेपालका सहमहामन्त्री एवं प्रदेश २ का सांसद सुरेश मण्डलले प्रदेश २ मा बन्ने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने बताए । प्रदेश सरकार निर्माणका लागि दुई दलका बीचमा छलफल एवं सहकार्य शुरु भएको बताउँदै उनले सिट बाँडफाँटको बिषय चाडै टुंगो लाग्ने बताए ।
‘प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालको संयुक्त सरकार बन्नेमा कुनै शंका छैन्’ मण्डलले भने, ‘दुबै पार्टीका बीचमा सरकार निर्माणका लागि सैद्धान्तिक सहमती भएको छ, सिट बाँडफाँटको बिषय चाडै टुंगो लाग्छ ।’
प्राप्त जनादेश, जनता एवं राजपाको चाहना अनुसार प्रदेश २ मा संयुक्त सरकार निर्माण गरी समृद्ध मधेस निर्माण गर्नु रहेको बताउँदै उनले सबै बिषयमा चाडै सहमती हुने बताए । दुई दलका बीचमा औपचारिक रुपमा सरकार निर्माणका लागि छलफल शुरु भएको बताउँदै उनले सहमती जुटनेमा बिश्वास व्यक्त गरेका छन् ।
फोरम नेपालका राजनीतिक समिति सदस्य प्रमोद गुप्ताले अहिले मुख्यमन्त्री को हुने भन्ने कुरा ठुलो नभई समृद्ध मधेस र संबिधान संशोधन कसरी गर्ने भन्ने बिषय मुख्य रहेको बताए । दुबै दलका नेताका बीचमा पदको बिषय ठुलो नभई आउँने दिनमा समृद्ध मधेस निर्माण कसरी गर्ने भन्ने प्रमुख कुरा रहेको उनले बताए ।
‘सरकार निर्माणका बिषयमा छलफल शुरु भएपछि बिभिन्न प्रस्ताव आएको छ, तर सहमती हुनसकेको छैन्’ गुप्ताले भने, ‘अर्को बैठकमा सहमती हुन्छ, यो चिन्ताको बिषय नै होईन्, हाम्रो मुख्य बिषयमा भनेको समृद्ध मधेस निर्माण गर्दै संबिधान संशोधन गराउँने नै हो ।’
दुबै पार्टीका शिर्ष नेताका बीचमा सरकार निर्माणको बिषयमा गहन छलफल भईरहेको बताउँदै गुप्ताले सरकार निर्माणका लागि कुनै बिबाद नभएको बताए । दुबै पार्टीको सहकार्यमै संयुक्त सरकार निर्माण हुने उनले बताए ।
राजपा नेपालका महासचिव अजय गुप्ताले प्रदेश २ मा दुबै पार्टी समान हैसियतमा रहेकाले सोही अनुसार पदिय जिम्मेवारी बाँडफाँट गरी सरकार निर्माण हुने बताए । मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री लगायतका बिषयमा छलफल चलिरहेको बताउँदै चाडै टुंगोमा पगिने बताए ।
संबिधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका राजपा नेपाल र फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भएका थिए । निर्वाचनलाई समेत आन्दोलनकै रुपमा लिएर निर्वाचनलाई सदुपयोग गरेको बताउँने मधेसवादी नेताहरुले प्रदेश २ मा संयुक्त सरकार निर्माण गरी समृद्ध मधेस निर्माण गर्दै संबिधान संशोधनका लागि केन्द्रमा दबाब दिने रणनीति बनाएका छन् ।
फोरम नेतृ यादवले अहिले छोटो छरितो मन्त्रीमण्डल बनाएर अगाडी बढने बताईन् । फोरम नेपालको नेतृत्वमा सरकार निर्माण गरेर ३÷३ मन्त्रालय लिएर अगाडी बढने बिषयमा छलफल चलिरहेको उनले बताए ।
फोरम नेपालले प्रदेश २ को मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष समेत रहेका लालबाबु राउतलाई प्रस्ताव गर्ने तयारीमा रहेको छ । यसैगरी सभामुखमा राजपा नेपालले नवलकिशोर साह, मनिष सुमन र सुरिता साह मध्ये एकलाई बनाउँने आन्तरिक तयारी गरेको छ ।
दुई दलको छलफलमा फोरम अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, लालबाबु राउत तथा राजपा नेपालबाट संयोजक महन्थ ठाकुरका साथै राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा लगायतको सहभागिता रहेको थियो ।

Comments
Post a Comment