प्रदेश २ सरकार टुंगो लाग्यो पद बाँडफाँट ; फोरमको मुख्यमन्त्री, राजपाको सभामुख
सुभाष साह
काठमाडौं, २७ माघ
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ मा बन्ने सरकारको पद बाँडफाँटको टुंगो लगाएका छन् ।
तीनकुनेमा शनिबार फोरम नेपाल र राजपा नेपालको शिर्ष नेताको बसेको बैठकले सरकार निर्माणको खाका सहित पदको बाँडफाँट समेत भएको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवका अनुसार प्रदेश २ मा फोरमले मुख्यमन्त्री, उपसभामुख सहित तीन मन्त्रालय लिने र राजपा नेपालले सभामुख सहित तीन मन्त्रालय लिने सहमती भएको बताए ।
‘फोरमले मुख्यमन्त्री, उपसभामुख सहित तीन मन्त्रालय लिने र राजपा नेपालले सभामुख सहित तीन मन्त्रालय लिने सहमती दुबै दलका बीचमा भएको छ’ यादवले भने, ‘यो सहमती पाँच बर्षका लागि भएको हो, संयुक्त सरकारले समृद्ध एवं सम्पन्न मधेस निर्माणको महाअभियानलाई मिलेर पुरा गर्नेछौं ।’
प्रदेश २ मा बन्ने सरकारको मुख्यमन्त्री, उपसभामुख सहित तीन मन्त्रालय फोरमको हुनेछ । आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय र भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय फोरमले लिने सहमती भएको महासचिव यादवले बताए ।
यसैगरी राजपा नेपालले सभामुख सहित भौतिक पुर्वाधार मन्त्रालय, समाजिक बिकास मन्त्रालय र उधोग, पर्यटन, वन तथा वाताबरण मन्त्रालय लिने सहमती भएको छ । फोरमले यसअघि नै संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष लालबाबु राउत गदीलाई चयन गरिसकेकाले उनी नै मुख्यमन्त्री हुने निश्चित भएको छ । तर सभामुख को बन्ने त्यसको निर्णय राजपाले गर्न बाकी नै रहेको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत गदी, महासचिव रामसहाय यादव तथा राजपाबाट संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव सहभागि बैठकले प्रदेश सरकारको पद बाँडफाँटको टुंगो लगाएको हो ।
यस अघि दुई दलको भएको बैठकमा राजपा नेपालले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव फोरम नेपालले अस्वीकार गरेको थियो । पहिलो प्रस्ताव फोरमले अस्वीकार गरेपछि राजपा नेपालले सभामुख सहित महत्वपुर्ण मन्त्रालय लिने प्रस्ताव गरेको थियो । अन्त्यमा राजपाको दोस्रो प्रस्तावमा सहमती जुटेको छ ।
राजपा नेपालका महासचिव मनिष सुमनले प्राप्त जनादेश अनुसार प्रदेश २ मा मधेसबादी दलकै संयुक्त सरकार बनाउँने बिषयमा सहमति भएको बताए । संयुक्त सरकारले समृद्ध एवं सम्पन्न प्रदेश निर्माणमा महत्वपुर्ण कार्य गर्ने बिश्वास उनले व्यक्त गरेका छन् ।
को बन्दैछ सभामुख
प्रदेश २ को मुख्यमन्त्री फोरम नेपालका उपाध्यक्ष समेत रहेका संसदीय दलका नेता लालबाबु राउत गदी हुने निश्चित भए पनि सभामुख को हुने त्यसको टुंगो लाग्न बाकी नै रहेको छ ।
सभामुख राजपा नेपालको भागमा परेको छ । राजपा नेपालबाट नवलकिशोर साह, मनिष सुमन, सुरिता साहको सभामुखमा दावी रहेको छ । यि तीन मध्येबाट एकलाई सभामुख बनाउँने तयारी राजपा नेपालले गरिरहेको छ । तीनै जना नेताले मुख्यमन्त्रीमा पनि दावी यस अघि गरेका थिए ।
राजपा नेपालको बस्ने बैठकले सभामुख सहित मन्त्रीहरुको नाम टुंगो लगाउँने महासचिव अजय गुप्ताले बताए । पार्टी भित्र सभामुख, मन्त्री हुने हैसियत तथा पाएको जिम्मेवारी पुरा गर्न सक्ने क्षमतावान नेता धेरै भएकाले त्यसको निर्णय पार्टीले गर्ने गुप्ताले बताए ।
Comments
Post a Comment