एमालेले टुंगो लगायो प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद

सुभाष साह
काठमाडौं, २८ माघ

एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ पाएको ४१ सदस्यको नाम टुंगो लगाएको छ । समानुपातिक निर्वाचन प्रणाली अनुसार एमालेले प्राप्त गरेको सिट संख्या अनुसार ३७ महिला र ४ पुरुष सांसद समाबेशी सिद्धान्त अनुसार टुंगो लगाएको छ । 

एमाले केन्द्रीय कार्यालय धुम्बाराही आईतबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीले पाएको सिट संख्या समाबेशी सिद्धान्त अनुसार टुंगो लगाएको सचिव प्रदिप ज्ञवालीले बताए । पार्टीले टुंगो लगाएको नामावली आईतबार नै निर्वाचन आयोगको कार्यालयमा बुझाईएको छ । 

एमालेले टुंगो लगाएको नामावलीमा उधोगी मोतीलाल दुगडदेखी शिर्ष नेताका पत्नीहरु समेत परेका छन् । यस्तै बिद्यार्थी आन्दोलनमा सक्रिय रामकुमारी झाक्री, नविना लामालाई समेत समानुपातिक तर्फबाट सांसद सिफारिस गरिएको छ । 

एमाले उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुलसी थापा, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री बन्ने शंकर पोखरेलकी पत्नी सुजिता शाक्य, केन्द्रीय सदस्य रघुवीर महासेठका पत्नी जुलीकुमारी महतो, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठकी पत्नी बिना श्रेष्ठ लगायत सांसद बन्ने अवसर पाएका छन् । 

सांसद सिफारी नेता पत्नी गृहणी मात्रै नभई राजनीतिमा सक्रिय महिला नेतृ समेत हुन् । श्रीमान श्रीमती भए पनि उनीहरु एमालेको राजनीतिमा सक्रिय रुपमा लगेका छन् । समाज  परिवर्तनका साथै एमालेको राजनीतिमा उनीहरुको योग्दान अतुल्नीय रहेको एमाले नेताले जनाएका छन् । 

सांसदमा सिफारिसमा परेका बिनाका श्रीमान कृष्णगोपाल काठमाडौं ९ बाट र जुलीका श्रीमान रघुवीर धनुषा ४ बाट निर्वाचित सांसद हुन् । वामदेवले पार्टीबाट टिकट पाए पनि उनी निर्वाचनमा पराजित भएका थिए । 

यसैगरी तत्कालिन एमाले महासचिव एवं जननेता मदनकुमार भण्डारीसंगै दासढुंगामा दुर्घटनामा परी निधन भएका संगठन बिभाग प्रमुख जीवराज आश्रितका पत्नी माया ज्ञवाली न्यौपाने समेत सांसदमा सिफारिस भएकी छन् । 

माओवादी द्धन्द्धका क्रममा माओवादीबाट हत्या गरिएका रुकुमका नेता यदु गौतमकी पत्नी तीर्था गौतम पनि सांसद बन्ने अवसर पाएकी छन् । यदुको २०५६ मा हत्या भएको थियो । तीर्था रुकुमबाट निर्वाचित पुर्व सांसद समेत हुन् । 

सहोदर दाजु बहिनी रहेका बिजय सुब्बा र डा. शिवमाया तुम्वाहाम्फे पनि सांसद हुने भएका छन् । अशोक राईसंगै एमाले छोडेका बिजय पार्टीको ९ औं महाधिबेशन पश्चात पार्टीमा फर्केका थिए ।  पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला राजदुतमा सिफारिस भएर पनि जिम्मेवारी सम्हाल्न नपाएकी शिवमाया समानुपातिकबाट सांसद बन्ने अवसर पाएकी हुन् । 

एमाले स्थायी कमिटीले टुंगो लगाएको नामावली यस्तो छ ः 

१. मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष)
४. मोतीलाल दुगड (मधेसी÷पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति÷महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति÷महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति÷महिला)
११. नबिना लामा (आदिवासी जनजाति÷महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति÷महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला)
१६. बिन्दा पाण्डे (खसआर्य÷महिला)
१७. गोमा देवकोटा (खसआर्य÷महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य÷महिला)
१९. निरुदेवी पाल (खसआर्य÷महिला)
२०. मनकुमारी जिसी (खसआर्य÷महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य÷महिला)
२२. विष्णु शर्मा (खसआर्य÷महिला)
२३. सरिता न्यौपाने (खसआर्य÷महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य÷महिला)
२५. तीर्था गौतम (खसआर्य÷महिला)
२६. शान्ता चौधरी (थारु÷महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु÷महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु÷महिला)
२९. निरादेवी जैरु (दलित÷महिला)
३०. बिमला विश्वकर्मा (दलित÷महिला)
३१. बिमला विक (दलित÷महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित÷महिला)
३३. सानु शिवा (दलित÷महिला)
३४. आशाकुमारी विक (दलित÷महिला)
३५. जुलीकुमारी महतो (मधेसी÷महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला)
३७. सरलाकुमारी यादव (मधेसी÷महिला)
३८. रेखाकुमारी झा (मधेसी÷महिला)
३९. सरिताकुमारी गिरी (मधेसी÷महिला)
४०. कालिला खान (मुस्लिम÷महिला)
४१. समिना हुसेन  (मुस्लिम÷महिला)


Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !