मुख्यमन्त्री निर्वाचनको तयारीमा एमाले नेता : प्रतिपक्षी दलको नेता बन्न प्रदेश २ मा पनि निर्वाचन
सुभाष साह
काठमाडौं, २० माघ
प्रदेश २ मा तेस्रो ठुल्लो दल बनेको एमालेमा प्रतिपक्षी दलको नेता बन्न संसदीय दलको निर्वाचन हुने भएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल पहिलो र राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो दल बनेका छन् । पहिलो र दोस्रो दल मिलेर प्रदेश सरकार बनाउँने कसर गरिरहदा तेस्रो ठुल्लो दल बनेको एमालेमा प्रतिपक्षी दलका नेता बन्न निर्वाचन हुने भएको छ ।
एमाले स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डल र पोलिटव्युरो सदस्य शत्रुधन महतोका बीचमा निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मण्डल र महतोको दाबेदारी रहेको छ । मण्डल संस्थापन पक्षका हुन भने महतो नेपाल पक्षका हुन् ।
प्रदेश २ मा १०७ सांसद रहेका छन् । एमाले २१ सिट, फोरम नेपाल २९ सिट र राजपा नेपाल २५ सिट जितेका छन् । दुई ठुल्ला दलले प्रदेश सरकार बनाउँने भए पछि तेस्रो ठुल्लो दल प्रतिपक्षमा हुने छ ।
प्रदेश २ मा सर्वसहमतको प्रयास असफल भए पछि निर्वाचन हुने भएको हो । प्रदेश २ को संयोजक समेत रहेका मण्डलले आफु प्रदेश संयोजक भएकाले संसदीय दलको नेता आफै हुनुपर्ने बताएका छन् ।
तर मण्डलकै कारण प्रदेश २ मा एमाले कमजोर भएका कारण साथीहरुको सल्लाहले पार्टीलाई बलियो बनाउँन संसदीय दलको नेतामा भिडन लागेको महतोले आफु निकटका नेतालाई बताउँदै आएका छन् ।
सर्वसहमतको प्रयास असफल भएको अवस्थामा निर्वाचनबाटै संसदीय दलको नेता बन्ने दाउँमा महतो रहेका छन् । प्रदेश २ मा ओली समहु कमजोर र नेपाल समुह बलियो भएकाले निर्वाचन भएको अवस्थामा संसदीय दलको नेतामा महतो हुने निश्चित देखिन्छ ।
मुख्यमन्त्री टुंगो लगाउँन निर्वाचनको तयारी
मुख्यमन्त्री बन्नका लागि एमाले भित्र निर्वाचन हुने भएको छ । एमालेमा मुख्यमन्त्रीका आकांक्षीहरु बढी भएकाले निर्वाचनबाटै त्यसको टुंगो लगाउँने तयारी भईरहेको छ ।
एमाले स्थायी कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउँने जिम्मेवारी प्रदेश संसदीय दललाई दिएको छ । एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्रीको टुंगो लगाउँन नसके पछि निर्वाचन हुने निश्चित भएको छ ।
मुख्यमन्त्री बन्नैका लागि केन्द्रीय राजनीति छोडने प्रभावशाली नेताहरु प्रदेशको राजनीतिमा गएपछि निर्वाचन हुनेभएको हो । पुर्वमन्त्री देखी पार्टीका प्रभावशाली नेताहरु प्रदेशसभा सांसदमा निर्वाचित भएका छन् । उनीहरुले प्रदेश सरकारको मुख्यमन्त्री बन्न लबिङमा लागेका छन् ।
संबिधानमा भएको व्यवस्था अनुसार प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न बन्नेछन् । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
निर्वाचनमा एमाले र माओवादी केन्द्रले वामगठबन्धन निर्माण गरी साझा उम्मेदवारी दिएका थिए । एमाले र माओवादी केन्द्रको कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबन्डा गरेसंगै एमालेमा मुख्यमन्त्रीका आकांक्षी बढेका छन् । मुख्यमन्त्री बन्नैका लागि उनीहरु प्रदेश संसदीय दलको नेतामा भिडने तयारी गरेका छन् ।
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले प्रदेश संसदीय दलको नेता २४ माघ पछि सर्वसहमत चयन हुने बताए । राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि सबै प्रदेश संसदीय दलले दलको नेता छान्ने उनले बताए ।
‘राष्ट्रियसभाको निर्वाचन पश्चात सबै प्रदेशले संसदीय दलको नेता सर्वसहमत नै छान्नेछन्’ भट्टराईले भने, ‘हाम्रो प्रयास सर्वसहमत छान्ने हुनेछ यदी सर्वसहमत हुन नसकेको अवस्थामा गोप्य मतदान गरेर दलको नेता छनौट गरिन्छ ।’
एमालेले सबै प्रदेश कमिटीलाई प्रदेश सांसदको बैठक गरी संसदीय दलको नेता छनौट गर्न निर्देशन दिईसकेको छ । स्थायी कमिटी बैठकले प्रदेशसभा संसदीय दलको नेता छान्न सोही प्रदेशसभा संसदीय दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गर्न समेत निर्देशनमा भनेको छ ।
एमाले र माओवादी केन्द्रको वामगठबन्धनद्धारा गठित कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्यमन्त्री र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको मुख्यमन्त्री हुने बाँडफाँट गरेको हो । यसैगरी प्रदेश १, ३, ६ र ७ मा एमालेको सभामुख र प्रदेश ४ र ५ मा माओवादी केन्द्रको सभामुख हुने निर्णय कार्यदलले यस अघि नै गरेको छ ।
यस्तै कार्यदल बैठकले प्रदेश ४ र ५ मा एमालेको उपसभामुख र प्रदेश १, ३, ६ र ७ मा माओवादी केन्द्रको उपसभामुख हुने निर्णय गरेको छ । कार्यदलले गरेको निर्णय एमाले र माओवादी पार्टी एकता संयोजन समितिले समेत पारित गरिसकेको छ ।
मुख्यमन्त्री बन्ने दौडमा
एमाले र माओवादी केन्द्रको वामगठबन्धन कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाएसंगै सो पदका आकांक्षीहरु बढेका छन् ।
प्रदेश ५ मा एमाले संसदीय दलको नेतामा स्थायी कमिटीका सदस्य शंकर पोखरेल सर्वसहमत छनौट भईसकेका छन् । प्रदेश ५ मा मुख्यमन्त्री एमालेको कोटामा परेको र संसदीय दलको नेतामा पनि सर्वसहमत छनौट भएकाले पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
तर प्रदेश ५ बाहेकोमा निर्वाचनबाटै संसदीय दलको नेता छनौट हुने भएको छ । त्यसका लागि प्रदेश १ मा एमाले केन्द्रीय सचिव समेत रहेका भिम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राईले लडने तयारीमा रहेका छन् । मुख्यमन्त्रीका दाबेदार राई संस्थापन पक्षबाट र आचार्य माधवकुमार नेपाल पक्षबाट संसदीय दलको नेतामा भिडने तयारीमा जुटेका छन् ।
प्रदेश ३ मा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्य र पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे संसदीय दलको नेतामा भिडने भएका छन् । शाक्य र पाण्डे दुबै नेपाल समुहका भनेर चिनिएका छन् । तर मुख्यमन्त्री बन्नैका लागि पाण्डेले गुट परिवर्तन गर्ने चर्चा चलेको छ । पाण्डेले गुट परिर्वतन नगर्ने र सर्वसहमतमा भए शाक्य मुख्यमन्त्री बन्ने निश्चित रहेको छ ।
शाक्य र पाण्डेका साथै प्रदेश ३ मा मुख्यमन्त्रीका लागि पोलिटव्युरो सदस्यद्धय पशुपति चौलागाई र अरुण नेपालले समेत दाबेदारी प्रस्तुत गरेका छन् । तर शाक्य र पाण्डे मध्ये नै एक प्रदेश ३ को मुख्यमन्त्री बन्ने एमाले स्रोतको दावी रहेको छ ।
यसैगरी प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटव्युरो सदस्य किरण गुरुङले संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने तयारीमा जुटेका छन् । गुरुङद्धय संस्थापन पक्षका हुन् । दुबैको दाबेदारी संसदीय दलको नेतामा रहेको छ । तर यि मध्ये एकलाई व्याक गराउँने प्रयासमा संस्थापन पक्षकै नेताहरु लागेका छन् । ओली समुहले पृथ्वीसुब्बालाई र पार्टी उपाध्यक्ष बामदेव गौतमले किरणलाई मुख्यमन्त्री बनाउँनुपर्ने लबिङमा रहेको एमाले स्रोतको दावी रहेको छ ।

Comments
Post a Comment