ओली र पुरी बीच भेटघाट

सुभाष साह
काठमाडौं, १८ साउन

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई र नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरी बीच भेटघाट भएको छ । 

बुधबार बालकोट स्थित ओली निवासमा राजदुत पुरी पुगेर भेटघाट भएको हो । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा स्थित भारतीय दुताबासमा आयोजना हुने कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागि हुनका लागि निम्ता दिन राजदुत ओली निवास पुगेका थिए । 

ओलीका स्वकीय सचिव अनिस दाहालले भारतीय बिदेश मन्त्री सुष्मा स्वराज समेत सहभागि हुने बिशेष कार्यक्रम नेपालका बिशिष्ट व्यक्तित्वलाई निम्ता दिने क्रममा पार्टी अध्यक्षलाई समेत निम्ता दिन उनी निवासमै पुगेको बताए । 

राजदुत पुरीले मृगौला प्रत्यारोपणपछि बिदेश मन्त्री स्वराज नेपालको सार्वजनिक कार्यक्रममा पहिलो चोटी सहभागि हुन लागेका बताए । मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीका कारण ओली नेपाल स्थित भारतीय दुताबासको कार्यक्रममा सहभागि नभएकाले उनलाई जसरी पनि सहभागि गराउँन भारत खोजेको छ । 

पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा आएपछि राजदुत पुरीले ओलीलाई शुभकामना समेत दिएका छन् । दुई देशको सम्बन्धको बिषयमा समेत ओली र पुरी बीच छलफल भएको छ । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !