यथास्थितिमै संबिधान संशोधनको पक्षमा एमालेले मतदान गर्दैन्

सुभाष साह
काठमाडौं, २४ असार

प्रमुख प्रतिपक्षी दल एमालेले यथास्थितिमै संबिधान संशोधनको पक्षमा नरहने जनाएको छ । मुलुकको समस्या समाधान गर्न, राष्ट्र र जनताको हितमा संबिधान संशोधन प्रस्ताव अघि बढे त्यसमा समर्थन रहने एमालेले जनाएको छ । 

एमाले सचिव प्रदिप ज्ञवालीले सरकारको तर्फबाट व्यवस्थापिका संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर अर्को संशोधन प्रस्ताव अगाडी बढाईए पार्टीको त्यसमा समर्थन रहने र पारित गराउँने बताएका छन् । 

‘एमालेलाई वाईपास गरेर सत्तारुढ दलले आफुखुशी राष्ट्र र जनताको हितविपरित गर्ने संशोधन प्रस्तावको पक्षमा एमाले हुनैपर्छ भन्ने छैन्’ ज्ञवालीले राजधानीसंग भने, ‘एमालेसंगको सहमतीमा राष्ट्र र जनताको हितमा हुने गरी मुलुकको समस्या समाधान गर्नका लागि पार्टी संशोधनको प्रक्षमै रहेको छ ।’ 

संबिधान संशोधनीय दस्ताबेज रहेको बताउँदै ज्ञवालीले आवश्यक्ता एवं औचित्यका आधारमा संशोधन गर्न सकिने बताए । संबिधानमा एमालेका पनि कतिपय मुद्धा नसमेटिएकाले त्यसलाई पनि पुरा गर्ने गरी पार्टीसंगको सहमती एवं छलफलका आधारमा नयाँ संशोधन प्रस्ताव अघि बढाए त्यसमा एमालेको समर्थन रहने उनले बताए । 

तर सरकारले प्रदेश नं. २ मा २ असोजमा तेस्रो चरणको स्थानीय तह निवाचन गर्ने तयारी गरिरहेकाले निर्वाचन पश्चात नै संबिधान संशोधनको पक्षमा एमाले रहेको छ । प्रदेश नं. २ बाहेकका प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भईसकेकोले निर्वाचन पश्चात नै संशोधन तर्फ लाग्दा राम्रो हुने निष्कर्ष सहित एमाले निर्वाचन पछि संशोधन गर्ने जनाएको छ । 

एमाले स्थायी समिति सदस्य एवं प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलले अहिले सदनमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको तर अन्र्तवस्तुमा सहमति भए प्रस्तावको पक्षमा मतदान गरेर पारित गर्ने स्पष्ट गरेका छन् । 
‘एमाले संशोधनको बाधक होईन, हामी संविधान संशोधन प्रस्तावको अन्र्तवस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं’ मण्डलले भने, ‘आफ्नो पार्टी तराई मधेसमै हुर्किएको पार्टी भएकोले मधेसी जनताको माँग पूरा गर्न कहिल्यै पछि हटेको छैन् ।’ 
तर संशोधन प्रस्ताव ल्याउँदा सत्तारुढ दलले एमालेसंग सहमती एवं छलफल नगर्ने र जबजस्ती पारित गर भन्दा त्यसलाई नस्वीकार्ने चेतावनी समेत उनले दिएका छन् । पार्टीलाई हली र गोठालो ठानिए कुनैपनि हालतमा सहमत नहुने बताउँदै मण्डलले संविधान संशोधनको अन्र्तवस्तुमा सहमति खोजिए पास गराउन तयार हुने बताए । 
काँग्रेस नेता एवं श्रम मन्त्री फरमुल्लाह मन्सुरले सरकारले व्यवस्थापिका संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित गराउँनका लागि छलफल जारी राखेका बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका साथै स्वतन्त्र सांसदसंग सरकारले संशोधन प्रस्ताव पारित गराउँनका लागि छलफल गरिरहेको उनले बताए । 
प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत दलका साथै प्रतिपक्षी दलसंग समेत छलफल गरिरहेको बताउँदै उनले छलफलमा आउँने बिषयका आधारमा सरकार अगाडी बढने बताए । बाहिर अनेक थरीका हल्ला चलिरहेकाले हल्लाको पछि नलागि छलफलका क्रममा आउँने प्रस्ताव र सहमतीका आधारमा सरकार अगाडी बढने मन्त्री मन्सुरले बताए । 
माओवादी केन्द्रका नेता अग्नी साप्कोटाले प्रमुख प्रतिपक्षी दल एमाले, आन्दोलनरत दल राजपा नेपाल लगायत सबैको सहमती हुन्छ भने सरकार संसदमा दर्ता भएको संशोधन प्रस्तावमा परिमार्जन गरेर अगाडी बढन तयार रहेको बताएका छन् । 


Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !