अन्तरघात भएकाले सोचे जस्तो परिणाम आएन्–गौतम
काठमाडौं,
प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रव्यापी रुपमै अन्तरघात भएकाले सोचे जस्तो स्थानीय निर्वाचनमा पार्टीले परिणाम ल्याउँन नसकेको बताएका छन् ।
नेपाल पत्रकार महासंघमा निर्वाचित केन्द्रीय प्रतिनिधि एवं शाखा अध्यक्षहरुको स्वागत एवं बधाईका लागि प्रेस चौतारी नेपाल प्रदेश नं. ३ कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।
‘देशव्यापीरुपमै अन्तरघात भएको छ, बिभिन्न कारणले भएको अन्तरघातले पार्टीले सोचे जस्तो परिणाम ल्याउँन सकेन्’ गौतमले भने, ‘निर्वाचन लडनु भनेको युद्ध लडे जस्तै हो ।’
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा बहुमत ल्याएको एमालेले तेस्रो चरणको स्थानीय निर्वाचनमा पनि बहुमत सहित पहिलो शक्ति बन्ने दावी उनले गरेका छन् । प्रदेश नं. २ मा २ असोजमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एमाले बहुमत सहित पहिलो शक्ति बन्ने ठोकुवा उनले गरेका छन् ।
७ माग भित्रमा प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भएकाले अब हुने प्रदेश र केन्द्रको निर्वाचन पश्चात एमाले बहुमत ल्याउँने उनले बताए । सात वटै प्रदेशका साथै केन्द्रमा पनि निर्वाचन पश्चात एमालेको सरकार बन्ने गौतमले बताए ।
चौतारीका उपाध्यक्ष एवं प्रदेश नं. ३ का संयोजक बिश्वमणी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रचार बिभागका उपप्रमुख सूर्य थापा, प्रचार बिभागका सचिव बिष्णु रिजाल, चौतारीका अध्यक्ष गणेश बस्नेत, पुर्वअध्यक्षहरु शम्भु श्रेष्ठ, गगन बिष्ट, राजेन्द्र अर्याल लगायतकाले सम्बोधन गरेका थिए ।
Comments
Post a Comment