सत्तारुढ दलले बुथ कब्जा गरेको मतदान केन्द्रमा पुनः मतदान गर्न एमालेको माग
सुभाष साह,
काठमाडौं, १४ असार
प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो चरणको स्थानीय निर्वाचनमा सत्तारुढ दलले मतदान केन्द्र कब्जा गरेको मतदान केन्द्रको निर्वाचन पुनः गराउँन माग गरेको छ ।
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सत्तारुढ दलले अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र, डोटीको केआई सिंह नगरपालिकामा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएकाले पुन निर्वाचन गर्नुपर्ने बताएका छन् ।
‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ’ भट्टराईले जारी गरेको प्रेस बिज्ञपप्तीमा उल्लेख गरिएको छ, ‘अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ ।’
बुधबार सम्पन्न निर्वाचन पश्चात भट्टराईले निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति आपती जनाएका छन् ।
पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया सत्तारुढ दले दोस्रो चरणको निर्वाचनमा समेत दोहो¥याइनुले एमाले चिन्तित भएको छ ।
एमालेले सत्ता–संरक्षित धाँधलीको भत्सर्ना गर्दै धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गरेको छ ।
बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई पार्टीले धन्यवाद ज्ञापन व्यक्त गरेको छ ।
निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुलाई समेत एमालेले धन्यवाद दिएको छ ।
लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त रहेको भन्दै एमालेले स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरेको छ ।
बिगत डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको एमालेले जनाएको छ ।
निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास लिदै एमाले सत्तारुढ गठबन्धनले प्रदेश नम्बर २ को निर्वाचन स्थगित गरेर त्यहाँका जनताको लोकतान्त्रिक अधिकार हनन गरेको जनाएको छ ।
प्रदेश नं. २ को निर्वाचन रोकेर सत्तारुढ दलले जनतालाई यस प्रक्रियाबाट अलग गर्ने हर्कत गरेको जनाउँदै यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार खोस्नुका साथै संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पु¥याएको जनाएको छ ।
Comments
Post a Comment