घर डुवानमा परेपछि सडक किनारमै वास र खाना, एमाले र राजपा नेपालका नेताकार्यकर्ता उद्धार एवं सहयोगमा जुटे


सुभाष साह, एमके माझी, 
काठमाडौं, १८ असार

प्रमुख प्रतिपक्षी दल एमालेले सप्तरीका बाढीपीडितलाई उद्धार एवं सहयोग गर्नका लागि पार्टी पार्टी मातहतका कमिटी तथा नेता कार्यकर्तालाई निर्देशन दिएको छ । केन्द्रको निर्देशन पश्चात स्थानीय नेताकार्यकर्ताहरु उनीहरुको उद्धार गर्दै राहत सहयोगमा जुटेका छन् । 
आईतवार विहानै नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले बाढीबाट सर्वाधिक प्रभावित मलेठ गाउँमै पुगेर पीडितहरुलाई राहत स्वरुप च्यूरा, मुरी, चामल, विस्कुट, चाउचाउ लगायतका खाद्यय समाग्रीहरु वितरण गरेका छन् ।

सप्तरी बाढीपीडित

एमालेको तर्फवाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका यादवले अहिलेसम्म राहत नपुगेका क्षेत्रहरुमा पुगी क्रमशः राहत सामग्री उपलब्ध गराउने योजना रहेको वताए । बाढीपीडितहरुलाई सहयोग गर्न एमालेका स्थानीय नेताकार्यकर्ताहरु जुटेको यादवले राजधानीलाई बताएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले आईतबार मातहतका कमिटी तथा नेता कार्यकर्तालाई सप्तरी बाढीपीडितलाई उद्धार एवं सहयोगमा जुटन निर्देशन दिएका हुन् । बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउनुका साथै पीडितहरुका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न एमालेले सरकारसंग माग गरेको छ । 
एमालेले तराई मधेसका यस्ता बस्तीहरुको पहिचान गरी दीर्घकालीन योजनाका साथ काम गर्न सरकारसंग माग गरेको छ । हरेक वर्ष जस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीन सोचका साथ त्यस क्षेत्रमा विशेष ध्यान पु¥याउन नितान्त आवश्यक रहेको एमालेले जनाएको छ । 
वस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पु¥याउने सम्भावित खोलाहरुमा उचित तटबन्ध गरेर सुरक्षित नबनउँदासम्म हरेक वर्ष यस्ता दुःखद घटनाहरु बेहोरिरहनुपर्ने बाध्यता रहेकाले तराई–मधेसका यस्ता वस्तीहरुको पुर्नवास गर्नु आवश्यक रहेको छ । 
अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको डुबान, कटान र त्यसबाट भएको मानवीय एवं भौतिक क्षतिबाट एमाले दुःखी भएको जनाउँदै सरकारसंग तत्काल सहयोग एवं उद्धारमा लाग्नुपर्ने माग पनि गरेको छ । 
एमालेका स्थानीय नेताकार्यकर्ताका साथै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झा पनि बाढीपीडितहरुको उद्धार एवं सहयोगमा जुटेका छन् । 
राजपा नेपालका महासचिव एवं गृहजिल्ला सप्तरी भएका मनिष सुमनले बाढीपीडितहरुको उद्धार एवं राहत सहयोगमा स्थानीय नेताहरु परिचालन गरिएको बताएका छन् । जिल्ला भरी नै बाढीपीडितहरुको उद्धारमा राजपा नेपालका कार्यकर्ताहरु दिनरात खटनुका साथै उनीहरुको उचित बसोबास गराउँनमा जुटेको उनले बताए । बाढीपीडितहरुलाई तत्काल राहत उपलब्ध एवं बसोबासका लागि व्यवस्था गर्नुपर्नेमाग राजपाले सरकारसंग गरेको छ । 
एमाले र राजपा नेपालपका साथै बिभिन्न संघ संस्था उद्धार एवं सहयोगमा जुटिरहेका बेला काँग्रेस र माओबादीका स्थानीय नेताले दुई तीन दिनपछि आफ्नो दलले समेत राहत बितरण गर्ने जनाएका छन् । 
बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधन हुनुका साथै एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएका छन् । महुली खोलामा आएको बाढीका कारण त्रिकौलका एक सय ५० र तिरहुत गाउँपालिका–५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका–६, वीरेन्द्रनगर बजारका ६ घर, तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिका लगायतका क्षेत्रका सयौँ घर डुबानमा परेका छन् ।
दुई सयभन्दा बढी घरलाई खोलाले बगाएको छ । कुखुरा पालन फार्म, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, खानेपानी आयोजना लगायतका निर्माणाधीन अन्य संरचनाहरु पनि डुबानमा परेका छन् । 
खासगरी, तिलाठीमा पुरानो बाँध भत्किएको, नयाँ बाँध बनिनसकेको र बनेको बाँध पनि गुणस्तरीय नभएको जस्ता कारणले यति धेरै क्षति भएको छ । सप्तकोशी नगरपालिकाको बुचही गाउँमा त्रिजुगाको पानी थुनिएर क्षति पु¥याइरहेको छ । त्यसबाट स्थानीय बासिन्दालाई बचाउन बाँधको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता रहेको छ । 
यता विभिन्न संघ संस्था कार्यालय र ब्यक्तिले सप्तरी जिल्लाका बाढीपीडितलाई आईतवार राहत स्वरुप खाद्यान्न, लत्ताकपा उपलब्ध गराएका छन् । शुक्रवार मध्यरातदेखिको अविरल वर्षापछि विभिन्न खोला तथा नदिमा आएको वाढिका कारण जिल्लाको एक दर्जन गाउँ डुवानमा परी पीडितहरुको विचल्ली भएपछि विभिन्न संघ संस्था र ब्यक्तिले सहयोगका हात अघि वढाएका हुन् । 

बाढी प्रभावित क्षेत्रमा पुगी जिल्ला समन्वय समिति, जिल्ला दैबीक प्रकोप समिति, सेभ द सप्तरी, सेभ द नेपाल, लगायतका बिभिन्न संघ संस्था र दलले बाढीपीडित परिवारलाई तत्काल राहत स्वरुप खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएका छन् ।

कतिपय वाढि पीडितको घरमा अझै २ फिटसम्म पानी जमेका कारण सुत्न र खाना पकाउन समस्या देखिएको छ । कतिपय वाढि पीडित सुरक्षित स्थान खोज्दै आफन्तको सरणमा पुगेका छन् भने केहिले सडक किनारलाई नै खाना पकाउने स्थलको रुपमा प्रयोग गरिरहेका छन् ।  आईतवार विहान केही समय वर्षा रोकिएर राहत महशुस गरेका बाढीपीडितले साँझमा पुनः पानी सुरु भएपछि त्रसित भएका छन् ।
बाढीपीडितको राहतमा जुटेका सेभ द नेपालका कार्यकारी निर्देशक अजितकुमार ठाकुरले पीडितहरुलाई राहत एवं उचित बसोबासको समस्या रहेकाले सरकारले तत्काल ध्यान दिन जरुरी रहेको बताए । 
सेभ द सप्तरीका संयोजक ध्रुव देवले जिल्ला भरी नै बाढीको समस्याले स्थानीयबासीहरु पीडित भएकाले सहयोगमा जुटेको बताए । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !