संशोधन पारित हुन नदिने रणनीतिमा एमाले

सुभाष साह
काठमाडौं, २५ असार

व्यवस्थापिका संसदमा दर्ता भएको संबिधान संशोधन बिधेयक पारित गराउँनका लागि सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले दुई तिहाई पुर्याउँने रणनीतिमा लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले त्यसलाई पारित हुन नदिर्ने तयारी गरिरहेको छ । 

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागि गराउँनका लागि सत्तारुढ दलले असार महिनाभित्रैमा संशोधन पारिण गराउँने तयारी गरिरहदा एमालेले त्यसलाई पारित हुन नदिने तयारीमा जुटेको हो । 

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार झापा पुगेर बिदेशीको डिजाईनमा दर्ता भएको संबिधान संशोधन बिधेय कुनै हालतमा परित हुन नदिने चेतावी दिएका छन् । 

एमाले तराई, पहाड र हिमाललाई कुनै हालतमा अलग गर्ने योजनाको संशोधन पारित गर्ने पक्षमा नरहेको ओलीले बताएका छन् । बिदेशीको उक्साहटमा बनेको गठबन्धनले स्थानीय निर्वाचनमा जनताबाट परास्त भएको बताउँदै ओलीले बिदेशी डिजाईनमा दर्ता भएको संशोधन कुनै हालतमा पारित हुन नसक्ने बताएका छन् । 

एमाले सचिव प्रदिप ज्ञवालीले अहिले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् । संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर सत्ता रुढ दलले प्रमुख प्रतिपक्षी दलसंग छलफल एवं सहकार्यमा देश र जनताको पक्षमा अर्को संशोधन प्रस्ताव ल्याए एमालेले त्यसलाई पारित गराउँने ज्ञवालीले बताएका छन् । 

संबिधान संशोधनको बिरोध एमाले नभएको बताउँदै उनले राष्ट्र र जनताको आवश्यक्ता एवं औचित्यका आधारमा प्रस्ताव आउँनुपर्ने बताए । एमालेसंगको छलफलमा संशोधन प्रस्ताव दर्ता नभएकाले त्यसलाई फिर्ता लिनुपर्ने जिकिर ज्ञवालीले गरेका छन् । 

‘एमाले संबिधान संशोधनको पक्षमा छ, संबिधान संशोधन नै गर्न सकिदैन भन्ने छैन्’ ज्ञवालीले राजधानीसंग भने, ‘तर संशोधन प्रस्ताव देश र जनताको आवश्यक्ताका आधारमा तयार गर्नुपर्छ, समस्या समधान गर्नका लागि जनताको आवश्यक्ताका आधारमा एमाले संशोधन पारित गराउँन तयार छ ।’ 

संबिधानमा एमालेका पनि कतिपय मुद्धा नसमेटिएकाले त्यसलाई पनि पुरा गर्ने गरी पार्टीसंगको सहमती एवं छलफलका आधारमा नयाँ संशोधन प्रस्ताव अघि बढाए त्यसमा एमालेको समर्थन रहने उनले बताए । 

तर एमाले तेस्रो चरणको निर्वाचन पछि मात्रै संबिधान संशोधन गर्नुपर्ने सर्त अघि सारेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भईसकेको र तेसो चरणको स्थानीय निर्वाचन अघि संशोधन हुन नसक्ने तर्क एमालेको रहेको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सत्तारुढ दलले संशोधनको नाममा आफ्नो ‘बिज्ञापन’ गरिरहेको गरिरहेको बताएका छन् । देश र जनताको हित बिपरितका प्रस्ताव ल्याउँने र पारित नै नहुने प्रस्ताव पारित गर्ने भनेर सत्तारुढ दलले प्रचारबाजी मात्रै गरिरहेको ढकालले बताए । 

सत्तारुढ दलले जेजति गरेपनि यो संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुग्दैन एमालेले यो प्रस्तावलाई पारित हुन नदिने उनले बताए । एमालेले प्रतिपक्षी दलहरुसंगको छलफलमा यो प्रस्ताव निर्णयार्थ पेश गरिए असफल बनाउँनेमा सहमत रहेको उनले बताए । कुनै पनि हालतमा दुई तिहाई पुग्न नदिने रणनीतिमा एमाले रहेको छ । 

मुलुकको समस्या समाधान गर्नका लागि एमाले छलफल एवं सहमती गरेर अगाडी बढन तयार रहेको ढकालले बताए । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !