मदन मण्डारी पत्रकारिता पुरस्कार कमल कोइरालालाई

काठमाडौं, १५ असार

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार यस बर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ । 
नेकपा एमाले केन्द्रीय कमिटीको प्रचार बिभागले स्थापना गरेको सो पुरस्कारको राशी ५० हजार रुपैया रहेको छ । 
विगत पा“च दशकदेखि लेखन र सम्पादनमा संलग्न कमल कोइरालाले दृष्टि, जनआस्था, रोडम्याप लगायतका साप्ताहिक पत्रिकामा बिशिष्ठ योगदान गर्नुका साथै विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा सक्रियतापूर्वक लेख्दै आएका छन् । 
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेका छनोट समितिको निर्णयले कोइरालालाई सो पुरस्कार दिन लागिएको हो । 
यस अघि सो पुरस्कार बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो । पुर्व सांसद एवं कोरियाका लागि पुर्व राजदुत समेत रहेका कोइराला पुर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । 
प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको छिटै एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण गरिने एमाले प्रचार बिभागका सचिव बिष्णु रिजालले बताए । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !