दल दर्ताका लागि राजपा नेपालले दियो निबेदन, निर्वाचनमा सहभागि नहुने

सुभाष साह
काठमाडौं, २३ असार

राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निबेदन दिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा पुगेका राजपा नेपालका नेताले पार्टीको बिधान र घोषणापत्र सहित निबेदन दर्ता गराएका छन् । 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगको बैठक गरेर दल दर्ताको अपौचारिक जानकारी दिने बताएका छन् । दल दर्ताका लागि निबेदन दिएपछि डा. यादवले राजपा नेपालका नेतालाई शुभकामना दिएका छन् । 

बिगत पाँच दिनदेखी राजपा नेपालको जारी बैठकले पार्टीको बिधान र घोषणा पत्र शुक्रबार अन्तिम रुप दिएपछि आयोगमा गएको हो । राजपा नेपालका महासचिव मनिष सुमनले आयोगमा बुझाईएको पार्टीको बिधान अन्तरिम बिधान रहेको बताए । राजपा नेपालले आयोगसंग आफ्नो चुनाव चिन्ह छाता माग गरेको छ । 

एक बर्ष भित्रमा पार्टीको महाधिबेशन गरेर पार्टीको आधिकारिक बिधान तयार गरिने उनले बताए । पार्टीको घोषणा पत्रमा मधेसबादका अग्रज स्वर्गीय नेता गजेन्द्रनारायण सिंह, रामजन्म तिवारी लगायतका बारेमा उल्लेख गरिएको छ । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले सिंह र तिवारीको नाम पार्टी बिधानको प्रस्तावनामै उल्लेख गर्नुपर्ने अडान लिएपछि दल दर्तामा ढिलाई भएको थियो । राजपा नेपालका नेताका बीचमा पटक पटक भएको बैठक पश्चात झाले आफ्नो अडान फिर्ता लिएसंगै दल दर्तामा सहज भएको हो । 

दल दर्ताका आयोगमा राजपा नेपाल पुगेपनि अब हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा भने सहभागि नहुने स्पष्ट गरेको छ । राजपा नेपालका महासचिव केशव झाले दल दर्ताका लागि निबेदन दिएपनि पार्टी अब हुने निर्वाचनमा सहभागि नहुने बताए ।
सरकारले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्दै प्रदेश नं. २ मा २ असोजमा तेस्रो चरणमा निर्वाचन गर्ने तयारीमा रहेको छ । निर्वाचन आयोगले पनि निर्वाचनका लागि आफ्नो काम तिब्र रुपमा अगाडी बढाएको छ । 

संबिधान संशोधन, स्थानीय तहको संख्या पुनर्संरचना, मधेस आन्दोलनको झुठा मुद्धा फिर्ता, शहिद घोषणा लगायतका माग सम्बोधन गर्नुपर्ने माग गर्दै राजपा नेपाल आन्दोलन गर्दैछ । आफ्ना माग पुरा नभएको भन्दै राजपा नेपालले निर्वाचन बहिष्कार गर्दै आएको छ । तर राजपा नेपालमा रहेका केही नेताले पार्टीबाटै राजिनामा दिदै स्थानीय निर्वाचनमा उम्मेदवार बन्दै निर्वाचन जितेका छन् । 

राजपा नेपालका महासचिव जितेन्द्र सिंहले राजपा नेपालसंग सरकारले गरेको सहमती एवं सम्झौता कार्यान्वयन नभए सम्म पार्टी कुनै पनि निर्वाचनमा सहभागि नहुने बताए । 

राजपा नेपालको अब बस्ने बैठकले दोस्रो चरणको निर्वाचनको समिक्षा गर्दै अगामी रणनीति तय गर्ने सिंहले बताए । साथै सरकारलाई पार्टीले दिएको समर्थन लागायतका बिषयमा छलफल हुनेछ । राजपा नेपाल भित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने आवाज उठिरहेको छ । 



Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !