निर्वाचित प्रतिनिधिलाई जनताको काम इमन्दारिताका साथ गर्न ओलीको निर्देशन


काठमाडौं, १७ असार

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको काम इमन्दारिताका साथ गर्न स्थानीय तहका निर्वाचितहरुलाई निर्देशन दिएका छन् । 

शनिबार देखी शुरु दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागि एमाले काठमाडौंका निर्वाचितहरु नेताहरुलाई निर्देशन दिदै पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री ओलीले जनताको पक्षमा काम गर्नुपर्ने बताए । 

‘तपाईहरु लोकप्रियताका लागि मात्रै निर्णय नगर्नु, जनताको पक्षमा काम गर्नुस, जनताका कुनै काम रोकिनु भएन्’ ओलीले भने, ‘हामीले कहाँ के गल्ती गरौंला त्यसलाई काँग्रेस र माओवादीले खुट्टा उचालेर बिरोध गर्नलाई बसेका छन्, त्यसैले जनताको कामप्रति तपाईहरु बढी जिम्मेवारी बन्नुहुन्छ ।’ 

राष्ट्रबादी नेपाली जनताको आशा र भरोसाको केन्द्र नै एमाले बनेकाले त्यो भरोसा कायम राख्नुपर्ने निर्देशन ओलीले निर्वाचित प्रतिनिधिहरुलाई दिएका छन् । आर्थिक समृद्धिका योजनाहरु पुरा हुने गरी काम गर्न उनले भने । 

एक अर्को प्रसंगमा ओलीले रुकुम र रोल्पामा अझै बहुदल नआएको टिप्पणी गरेका छन् । रोल्पा र रुकुमका स्थानीय तहमा माओवादी केन्द्र मात्र जित हासिल गरेकोप्रति टिप्पणी गर्दै ओलीले यस्तो बताएका हुन् । 

रोल्पाको त्रिबेणी गाउँपालिकामा एमालेका उम्मेदवार बिजयी भएपछि परिणाम घोषणा गर्न नदिएको र रोल्पामा एमाले र काँग्रेस गठबन्धन हुँदा समेत माओवादी केन्द्र बिजयी भएको छ । एमालेले जित्न पाएको छैन्, होहल्ला भईहाल्छ रुकुम र रोल्पामा अझै पनि बहुदल आएको छैन् उनले भने । 

सरकार योजनाबद्ध रुपमा पहाड र तराई बिभाजन गर्नै षडयन्त्रमा लागेको आरोप ओलीले लगाएका छन् । प्रदेश नं. २ मा निर्वाचन पछि धकेल्दै संबिधान संशोधन गरेर सरकारले पहाड र तराईलाई बिभाजन गर्ने खेलमा लागेको ओलीले बताए । 

‘संबिधान संशोधनको नाममा सरकार पहाड र तराईलाई बिभाजन गर्ने गम्भिर षडयन्त्रमा लागेको छ,’ ओलीले भने, ‘प्रदेश नं. २ को निर्वाचन धकेल्दै धकेल्दै जसरी भए पनि सरकार पहाड र तराईलाई बिभाज गर्न खोजेको छ, तपाईहरु सचेत हुनुहोला ।’ 

राष्ट्रियता, स्वभिमान, सार्वभौमसत्ताको सवालमा एमालेले लिएको अडानका कारण अन्य पार्टीहरु आतंकित भएको बताउँदै उनले यो एजेण्डा पार्टीले नछोडने बताएका छन् । जनता र राष्ट्रको आवश्यक्ता बिपरित एमालेले कुनै काम नगर्ने बताउँदै उनले निर्वाचित प्रतिनिधिलाई जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । 



Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !