राजपा नेपालको बिधान प्रस्तावना लेखन बिबाद अझै सुल्झेन
सुभाष साह,
काठमाडौं, २२ असार
राष्ट्रिय जनता पार्टी नेपालको बिधानको प्रस्तावना लेखनमा देखिएको बिबाद अझै सुल्झेको छैन् । राजपा नेपालको बिधानको प्रस्तावना बिबादले निर्वाचन आयोगमा दल दर्तामा ढिलाई भएको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले पार्टीको बिधानको प्रस्तावनामै सदभावना पार्टीका संस्थापक एवं मधेसबादीका अग्रज नेता गजेन्द्रनारायण सिंह तथा रामजन्म तिवारीको नाम लेख्नुपर्ने अडान लिएपछि दल दर्तामा ढिलाई भएको हो ।
झालाई राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यद्धय राजेन्द्र महतो, राजकिशोर यादव लगायतका नेताहरुले मनाउँने प्रयास गरेपनि उनी आफ्नो अडान छोडन तयार भएका छैनन् ।
बिहिबार राजपा नेपालको बिजुलीबजार स्थित कार्यालय झालाई मनाउँने प्रयास भएको छ । तर झाले सिंह र तिवारीको नाम पार्टीको बिधानको प्रस्तावनामै उल्लेख गर्नुपर्ने दावी गरिरहेको स्रोतले जनाएको छ ।
राजपा नेपालका नेता राजकिशोर यादवले पार्टीको बिधान लगायतका बिषयमा छलफल जारी रहेको बताएका छन् । अझै केही समय छलफल चल्ने बताउँदै यादवले दुई तीन दिनमा सहमती जुटाएर दल दर्ता गरिने बताए ।
‘६ पार्टी मिलेर राजपा नेपाल बनेको छ, पार्टीको बिधान लगायतका बिषयमा छलफल चलिरहेको छ’ यादवले राजधानीसंग भने, ‘केही दिन छलफल अझै चल्ने र दुई तीन दिनमा दल दर्ता हुन्छ ।’
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, शरसिंह भण्डारीले पार्टीको बिधानमा सही गरिसकेका छन् । यादवले कुनै नेता बिशेषको नाम पार्टीको बिधानको प्रस्तावनामै उल्लेख गर्नु राम्रो नहुने भन्दै झाको प्रस्ताव स्वीकार्न नसकिने पक्षमा उभिएका छन् ।
राजपा नेपालका महासचिव केशव झाले नेताहरुका बीचमा छलफल चलिरहेको बताउँदै कोही मान्न तयार नभए पनि दल दर्ता हुने बताए । ‘अनिलजी पनि पार्टीको बिधानमा सही गर्नुहुन्छ नगरेपनि दल दर्ता रोकिदैन जसरी भएपनि दल दर्ता हुन्छ’ झाले भने ।

Comments
Post a Comment