देउवालाई ओलीको सुझाव तानाशाही बाटो नरोज्नुस्



काठमाडौं, १२

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘तानाशाही’ को बाटो नरोज्न आग्रह गरेका छन् । 

प्रेस चौतारी नेपालले एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजना गरेको अन्तर सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारुढ दल सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्री देउवा तानाशाही बन्न खोजेको आरोप लगाएका छन् । 

निर्वाचनलाई प्रभावित पार्न विभिन्न ठाउँमा बम राखेको दृष्टान्त बताउँदै ओलीले भने, ‘धरानमा एमालेका तर्फका मेयरका उम्मेदवार तारा सुब्बाको निवासमा बम राखियो, बुटवलमा म बोल्दै गरेको मञ्च पछाडि तीन वटा बम राखियो, कपिलवस्तुमा विष्फोट भयो, निर्वाचन होइन, राजनीति होइन, अपराध कर्म गर्ने र जनताका पक्षमा आतंक फैलाउनेहरुले यस्तो गरेका हुन् ।’

सकेको ठाउँमा बम राख्ने र नसकेको ठाउँमा राज्य आतंक मच्चाउँने काम सरकारको हो की भन्ने प्रश्न गर्दै ओलीले यस्ता आपराधिक क्रियाकलाप गर्नेको सरकारले किन सार्वजनिक गर्दैन् ?

‘पिनोसेको शासन यो भन्दा के फरक थियो र ? सद्दाम हुसेन, सद्दाम हुसेन भन्छन् सद्दाम यी हुसेनहरु भन्दा के फरक थिए ?’ ओलीले भने, ‘म यो सरकारलाई बढी उताउलो नहुन आग्रह गर्छु, काल आए पखेटा आफै पल्पलाउँछ ।’
दोलखा, बझाङ्ग लगायतका जिल्लामा जेदेखिएको छ त्यस्तो दोस्रो चरणको निर्वाचनमा नहोस भन्दै उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलिरहित, शान्त बाताबरणमा हुनुपर्ने माग गरेका छन् । 
दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको सत्ताको दुरुपयोग गरी भईरहेको आरोप लगाएका छन् ।  
ओलीले देउवा संविधान संशोधन गर्ने बाचाकबुलसहित चौथो पटक प्रधानमन्त्री बनेको भन्दै उहाँले संशोधनका लागि बल गरे पनि त्यसमा एमाले सहयोगी नबन्ने दाबी चेतावनी दिए । 

‘उहाँ बाचाकबुल पूरा गर्न लाग्नुहुन्छ, कपाली तमासुक र बाचाकबुल पूरा गरिदिने हाम्रो जिम्मेवारी होइन्’ ओलीले भने, ‘म नम्र आग्रह गर्न चाहन्छु, निहुँ खोज्नका लागि चरणचरण निर्वाचन गर्ने, देशलाई अघि बढ्न नदिने हानिकारक मनसाय लुकेको संशोधन प्रस्तावमा एमालेको सहयोग हुँदैन ।’ 

देश, जनता र लोकतन्त्रका हितमा हुने संशोधनको पक्षमा एमाले रहेको बताउँदै उनले चुनावपछि एमाले छलफल गर्न तयार रहेको बताए । भौगोलिक एकताका लागि हामी छलफल गर्न गर्ने बताउँदै उनले बलजफ्ती पाखुराको बलमा अघि बढन खोजे एमाले तयार नहुने प्रष्ट गरेका छन् । 

निर्वाचन आयोगको काम मतपत्र छाप्ने र बाकस राख्ने मात्रै नभई निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण बातावरणमा गराउँनुपनी रहेको बताए । एमाले आफ्नो पक्ष लिन आयोगसँग आग्रह नगर्ने बताउँदै उनले आयोगलाई एमालेले सहयोग गर्ने बताए । 

निर्वाचनलाई प्रभावित पार्ने वा दुषित पार्ने व्यवहार कहिकतैबाट हुनुहुदैन भन्दै सुरक्षा निकायलाई पनि उनले शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नमा सुरक्षाको व्यवस्थामा निष्पक्ष तरिकाले लाग्नुपर्ने बताए । 

ओलीले विदेशमा खटाएका राजदूतले अनावश्यक रुपमा निर्वाचनलाई नै प्रभावित पार्ने गरी चुनाव प्रचारमा हिडेको भन्दै त्यसको विरोध गरेका छन् । 

‘हामी विदेशमा खटाएका राजदूतलाई आग्रह गर्न चाहन्छौँ,’ ओलीले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्ययप्रति लक्षित गर्दै भने, ‘तपाई की पार्टीको कार्यकता बन्नुहोस् होइन भने पदीय दायित्वको ख्याल गर्नहोस, महामहिम राजदूतलाई सरकारले दिएको पदीय दायित्व र सेवाको ख्याल गर्न पनि हामी आग्रह गर्छौ ।’

ओलीले राज्यको तनखा खाएर वा राज्यको नियुक्ति खाएका व्यक्ति नै एमालेलाई निर्वाचनमा पराजित गराउन लागेको भन्दै त्यसले एमाले होइन लोकतन्त्र हार्ने चेतावनी दिएका छन् ।

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !