सक्षम बन्छ मधेस
सुभाष साह
केही बर्षयता देखी सधै बन्द, हडताल, आन्दोलनले अशान्त भएको मधेस यतीबेला समृद्धिको पर्खाईमा रहेको छ । बहुचर्चित राष्ट्रिय गौरबका आयोजनाका साथै मधेसको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रको बिकासले समृद्धिको सपना पुरा हुने आशा जागेको हो । देशकै मुहार फेर्न सकिने केही महत्वपुर्ण आयोजनाहरुको निर्माण गतिमा आएको तिब्रताले समृद्धि टाढा नरहेको देखिन्छ । मधेसका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रका राष्ट्रिय गौरवका आयोजना निर्माणले समृद्धि हासिल गर्न सुनिश्चित हुन्छ ।
बहुप्रतिक्षित काठमाडौं–तराई मधेस फास्ट् टयाक चार बर्ष भित्रैमा निर्माण गर्ने नेपाली सेनालाई दिने सरकारको निर्णयले निर्माण सम्पन्न हुनेमा आशा जाग्नुका साथै समृद्धिको सपना पुरा हुने देखिन्छ । ७६ किलोमिटरको फास्ट ट्याक निर्माणले मधेसलाई राजधानी काठमाडौंसंग सम्बन्धन प्रागढ मात्रै नभई आर्थिक परिवर्तनमा समेत कोसेढुङ्ग सावित हुने हो । एक देखी डेढ घण्टामै काठमाडौं पुग्न सकिने काठमाडौं–तराई मधेस फास्ट् ट्याक नेपाली सेनाले बिभिन्न १० ठाउँबाट निर्माण शुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ । सरकारले नीतिगत रुपमा स्पष्टत भई सरोकारवाल निकायको प्रभावकारी अनुगमन गर्दै अघि बढदै जाने हो भने फास्ट ट्याक निर्माण कार्य समयमै सम्पन्न हुने र समृद्धि हासिल गर्न सकिन्छ ।
बारा अन्तर्राष्ट्रिय बिमानस्थल मधेसको समृद्धिका लागि अर्को महत्वपुर्ण आयोजना हो । जसलाई सरकारले उच्च प्राथमिक्तामा राखेर काम अगाडी बढाएको छ । अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध बिस्तार गर्नमा यसको महत्वपुर्ण योग्दान हुनेछ । यसको निर्माणले अन्तर्राष्ट्रि गतिबिधि मधेसमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न गर्नमा सहयोग पुग्छ । यस्तै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण पनि तिब्ररुपमा हुनुपर्छ । पुर्वी मधेस र पश्चिमी मधेस गरी फरक ठाउँमा बारा अन्तर्राष्ट्रिय बिमानस्थल र गौतबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणले देशकै बिकासमा महत्वपुर्ण योग्दान दिनसक्छ ।
मधेसको ‘लाईफलाईन’ कै रुपमा रहेको हुलाकी राजमार्ग पनि नेपाल सरकार आफैले गर्ने निर्णय पश्चात काम भईरहेको छ । भारतीय लगानीमा निर्माण गर्ने भनिएको हुलाकी राजमार्ग समयमै निर्माण हुन नसक्दा नेपाल सरकार आफ्नै लगानीमा निर्माण गर्ने र सोही अनुसार अगाडी बढेपछि आशा जागेको छ । साथै हुलाकी राजमार्गको बिभिन्न १० ठाउँमा नयाँ शहर स्थापना गर्ने सरकारको आयोजनाले समृद्धिको ढोका खुल्नेमा बिश्वस्त हुन सकिन्छ । यस्तै पुर्वपश्चिम महेन्द्रराजमार्ग चारलेनको निर्माण गर्ने र महेन्द्रराजमार्गसंग मधेसका सदरमुकाम जोडने उतर दक्षिण सडकलाई समेत चार लेनकै बनाउँने योजना सम्पन्न भए यातायातमा ठुलो योगदान हुनेछ ।
मधेसमै निर्माण गर्ने अर्को महत्वपुर्ण आयोज पुर्वपश्चिम रेलमार्ग हो । जसको काम जति तिब्रगतिमा हुन्छ त्यसले देशलाई त्यतिनै फाईदा हुन्छ । रेलमार्गको निर्माणले आवतजावत मात्रै सहज नभई उधोगले उत्पादन गर्ने बस्तुलाई पनि एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँनमा सजिलो भई उपभोक्ताले राहत पाउँनेछन् । यि र यस्ता आयोजना निर्माणका लागि यस क्षेत्रका उधोगी, व्यवसायीका साथै सर्वसधारणले चासो व्यक्त गरिरहेका छन् ।
मधेसको मात्रै नभई देशकै समृद्धिको ढोका भनेको यि आयोजनाको निर्माणले खुल्ने छ । विकासमा महत्वपुर्ण योगदान पुर्याउन सक्ने आयोजना तदारुकताका साथ निर्माण हुनुपर्छ । काठमाडौं–तराई मधेस फास्ट ट्याक, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, हुलाकी राजमार्ग, पुर्वपश्चिम रेलमार्ग लगायतका महत्वपुर्ण आयोजना निर्माणले आर्थिक कारोबारमा बृद्धि हुन्छ । तारे होटल खुल्नेछ, बेरोजगारले रोजगार पाउँनेछन् ।
यस्तै जितपुर सिमरा उपमहानगरपालिका स्थित आर्थिक सेजको निर्माणले नयाँ उधोग स्थापना हुने, रोजगारीको सृजना हुने भएकाले सरकारले सेज निर्माणलाई पनि तिब्रता दिनुपर्छ । साढे सात सय बिघा जमिनमा स्थापना गर्ने भनिएको सेजअन्तर्गत १ सय १२ वटा ठुला निर्यातजन्य उद्योग संचालन गर्न सकिने र उत्पादित ७५ प्रतिशत वस्तु विदेशमा निर्यात गर्ने सरकारी लक्ष्य छ । सेजमा स्थापित उद्योगमा सरकारले कर, राजश्व छुट दिने र विद्युत, संचार, पानी र सडक जस्ता पुर्वाधारहरुको भरपर्दो सुविधा उपलव्ध गराउने व्यवस्था छ ।
यसका साथै सरकारले मधेसको समृद्धिका लागि पुरातात्विक, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय नगरी जनकपुर, बाराको महागढीमाई नगरपालिकाको गढीमाई, सिम्रौनगढ, सलहेस, बिदेह–मिथिला, पर्साको सोनबर्षा स्थित शिवमन्दीर, रौतहटको शिवनगर स्थित शिवमन्दी लगायतको बिकासले पर्यटक आउँने र त्यसले आर्थिक प्रगति हुनेछ । ऐतिहासिक, धार्मिक मठ मन्दिर, तालतलैया र अन्य प्राचिन सम्पादको संरक्षण एवं बिकासले पर्यटकको संख्यामा बृद्धि हुनेछ । कोशी टप्पु, बाराको आधाभार स्थित पर्सा राष्ट्रिय बननिकुञ्ज, चितवनको सौराहा, चितवन निकुञ्जको संरक्षणको आवश्यक्ता छ । लुम्बिनीको बिकासले बिश्व बौद्ध धर्मावलम्बिहरुको ध्यान केन्द्रीत गर्न सकिन्छ । बिश्वका बौद्ध धर्मावलम्बिहरुको आगमले यहाँको पर्यटन बिकासमा महत्वपुर्ण योगदान दिईरहेको र यसको बिकास र संरक्षणले थप टेवा पुग्नेमा दुईमत छैन् । यस्तै सरकारले लुम्बिनी–गढीमाई–जनकपुर जोडने दुतगतिको रेल निर्माण गरे धार्मिक पर्यटकको बिकासमा ठुल्लो फडको हुनेछ । एक ठाउँमा आएक पर्यटकलाई अर्को धार्मिक स्थलको भ्रमणमा सजिलो हुनेछ ।
यस्तै मधेसका उधोग कलकारखानाको बिकास र व्यवस्थापनमा ध्यान दिन जरुरी छ । बीरगंज–पथलैया, ईटहरी–बिराटनगर, भैरहवा–बुटवल, कलैया–बीरगंज लगायतका महत्वपुर्ण औधोगिक क्षेत्रको व्यवस्थापन राम्रोसंग भए रोजगारीका लागि यहाँका युवा बिदेश जानुपर्दैन् । बिदेशीहरु रोजगारी खोज्दै नेपाल आउँने दिनको बिकासका लागि मधेसका महत्वपुर्ण औधोगि क्षेत्रको बिकासमा ध्यान दिन जरुरी रहेको छ । राजबिराज स्थित गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्र, भैरहवा, जितपुर सिमरा लगायतका आर्थिक क्षेत्रको बिकास महत्वपुर्ण रहेको छ ।
शिक्षा, स्वास्थय, खानेपानीको बिकास मधेसको आवश्यक्ता हो । यस क्षेत्रमा रहेका पुराना क्याम्पस जसलाई बिश्वबिद्यालय बनाउँन सकिन्छ, त्यसलाई अनुमति दिन आवश्यक छ । बिरगंज, जनकपुर, बिराटनगरमा बिश्वबिद्यालय बनाउँनुपर्ने आधार सहित काम अगाडी बढेकोमा त्यसलाई सरकारले अनुमति दिएर पुरा गर्नुपर्छ । कलैयाको सिद्धेश्वर संस्कृती बिद्यालय जोसंग आर्थिक रुपमा बिश्वबिद्यालय सञ्चालन गर्ने हैसियत छ त्यो अनुसार शिक्षामा सकारात्मक निर्णयले यसक्षेत्रको शैक्षिक अवस्था उकास्न सकिन्छ ।


Comments
Post a Comment