एमाले निर्णय संसद अवरुद्ध जारी राख्ने

सुभाष साह
काठमाडौं, २० जेठ

प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध जारी नै राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निर्वाचन बिधि एवं प्रक्रियागत रुपमा गर्नुपर्ने र भरतपुर महानगरपालिकाको मतगणना शुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध जारी राख्ने निष्कर्ष निकालेको हो । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र बिधि मिचेर सभामुख ओनसरी घर्तीले अगाडी बढाएकोमा आपति जनाउँदै संसद अवरुद्ध जारी नै राख्ने निर्णय गरेको छ । जबरजस्ती प्रक्रिया अगाडी बढाए प्रधानमन्त्रीको निर्वाचन एमालेले बहिष्कार गर्ने जनाएको छ । 

स्थायी कमिटी सदस्य शंकर पोखरेलले संसदको स्थापित बिधि एवं प्रक्रिया विपरित प्रधानमन्त्रीको निर्वाचन शुरु गरिएकाले एमालेको तर्फबाट उम्मेदवारी नदिने र प्रक्रियागत रुपमा प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि संसद अवरुद्ध जारी नै राख्ने निर्णय भएको बताए । 

‘राष्ट्रपतिले प्रधानमन्त्री चयनका लागि पठाएको पत्र संसदलाई जानकारी नै नदिई प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडी बढन सक्दैन्’ पोखरेलले राजधानीलाई भने, ‘हाम्रो माग प्रधानमन्त्रीको निर्वाचन बिधि र प्रक्रियागत रुपमा संसदलाई जानकारी दिएको होस्, संसद अवरुद्ध रहेको अवस्थामा सूचना टाँसेर निर्वाचन अगाडी बढन सक्दैन् ।’

राष्ट्रपतिले सभामुखलाई नभई संसदलाई पत्र पठाएकाले त्यो पत्र संसदमा जानकारी गराउँनुपर्ने अहिलेको सम्मको बिधि र प्रक्रिया भएकाले त्यसको कार्यान्वयन हुनुपर्ने उनले बताए । 

अवरुद्ध हुदै आएको संसदलाई सुचारु गराएर राष्ट्रपतिले पठाएको पत्र संसदलाई जानकारी गराई बहुमतीय प्रक्रिया मार्फत प्रधानमन्त्री छान्ने काम शुरु गर्नुपर्ने बताउँदै पोखरेलले संसदलाई जानकारी नै नदिइए संसद अवरुद्ध कायमै रहने बताए । 

निर्वाचन आयोगले भरतपुर महानगर–१९ मा पुन मतदान गर्ने गरेको निर्णय एमालेले अस्वीकार गर्ने भएको छ । मतगणना चल्दै गर्दा मतपत्र च्यातिएकाले पुन मतदान गर्ने आयोगले निर्णय गरेपछि एमाले झन आक्रोशित बनेको छ । 

एमालेले स्थगित मतगणना प्रक्रिया शुरु गर्नुपर्ने माग गर्दै संसद र सडकमा आन्दोलन गरिरहेको छ । एमालेको सम्पन्न स्थायी कमिटी बैठक पश्चात सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णय अस्वीकार गर्ने बताएका छन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पार्टीले अगाडी सारेको माग पुरा नभए सम्म एमाले सहितको गठबन्धनले संसद अवरुद्ध जारी नै राख्ने बताएका छन् । 

नेपाल मजदुरक किसान पार्टीका नेता प्रेम सुवालले संसद अवरुद्ध गर्ने की प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागि हुने त्यसको बिषयमा पार्टीले निर्णय नगरेको बताएका छन् । आईतबार बिहान पार्टीको बैठकले यस बिषयमा निर्णय गर्ने उनले बताए । 

यता आयोगले पुन मतदान गर्ने निर्णय गरेपछि एमाले निकटको युवा संघ नेपाल र अनेरास्ववीयुले काठमाडौंमा प्रदर्शन गरेका छन् । भरतपुरमा स्थगित मतगणना शुरु गर्नुपर्ने माग गर्दै युवा बिद्यार्थीले बिरोध प्रदर्शन गरेका हुन् । 

यसैबीच अवरुद्ध संसद खुलाउँने बिषयमा एमाले अध्यक्ष ओलीसंग काँग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् । ओली निवास बालकोट भरतपुरमा भएको छलफलमा देउवाले संसद खुलाएर अगाडी बढनुपर्ने बताएका छन् । तर ओलीले देउवाको प्रस्ताव अस्वीकार गर्दै भरतपुरमा मतगणना शुरु नगरिएर र प्रक्रियागत रुपमा प्रधानमन्त्रीको निर्वाचन शुरु नभए संसद अवरुद्ध जारी नै राहने कडा जवाफ दिएका छन् । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !