प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न राजपासंग काँग्रेसको आग्रह


काठमाडौं, २० जेठ

नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न राष्ट्रिय जनता पार्टी नेपालसंग आग्रह गरेको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार काँग्रेस र राजपा नेपाल बीच प्रधानमन्त्रीको निर्वाचनमा सहयोगको बिषयमा छलफल भएको हो । 

छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले सहयोग गर्न राजपाका नेतासंग आग्रह गरेका छन् । काँग्रेस, माओबादी र मधेसी मोर्चा बीच भएको तीन बुँदे सहमतीका केही काम पुरा भएको र बाँकी सहमती आफुले कार्यान्वयन गर्ने देउवाले बताएका छन् । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको मुद्धा सम्बोधनमा गर्नमा सहयोग गर्नेलाई राजपा नेपालमा बिगतमा पनि सहयोग गरेको आउँने दिनमा सहयोग गर्ने बताएका छन् । 

‘हामीले बिगतको सहमती पुरा नभएकाले मधेसको माग पुरा गर्ने र मधेसको मुद्धासंग सहमत हुनेलाई सहयोग गर्ने बतायौं’ महतोले राजधानीसंग भने, ‘देउवाजीले केही माग पुरा भएको र बाँकी माग पनि मेरो नेतृत्वको सरकारले पुरा गर्ने बताउँनुभएको छ, यो सकारात्मक छ ।’

प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न काँग्रेसले आग्रह गरेपनि राजपा नेपालले सहयोग गर्ने की नगर्ने त्यसको बिषयमा आईतबार पार्टीको बैठक बोलाएको छ । मधेसको मागसंग सहमत हुने र माग पुरा गर्नेलाई पार्टीको बैठकमा छलफल गरेर सहयोग गर्ने नेता महतोले बताए ।

यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीको निर्वाचनमा के गर्ने भन्ने बिषयमा निर्णय गर्नका लागि आईतबार नै पार्टीको बैठक बोलाएको छ । फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक डा. शिवजी यादवले पार्टीको बैठकमा छलफल गरेर अगाडी बढने बताए । 
यसैगरी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रधानमन्त्रीको निर्वाचनको बिषयमा पार्टीको आधिकारिक धारण तय गर्न आईतबार बैठक बोलाईएको बताए । 

प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्नका लागि काँग्रेसले पत्र पठाएको बताउँदै नेता सुवालले निर्वाचनमा के गर्ने बिषयमा पार्टीको बैठकले निर्णय गर्ने बताए । 






Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !