संघीय गठबन्धनमा बढयो बिबाद संयोजकबाट यादवलाई कारवाही गर्दै ठाकुर भए संयोजक
सुभाष साह/राजधानी
काठमाडौं, २३ बैशाख
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनको संयोजक रहेका संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनले कारवाही गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको बिजुलीबजार स्थित कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई संयोजकको पदमा कारवाही गरेको हो ।
संबिधान संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलनरत २४ दलिय गठबन्धनले यादव नेतृत्वको फोरम नेपाल गठबन्धनको मुद्धा छोडेर स्थानीय तहको निर्वाचनमा सहभागि भएकाले गठबन्धनको संयोजक पदमा हटाउँने निर्णय भएको छ । मधेसबादी ६ दल एकिकरण गरेपछि गठबन्धनमा रहेका २९ दलको संख्या घटेर २५ पुगेको हो ।
गठबन्धनको संयोजकबाट यादवलाई कारवाही गरेपछि गठबन्धनको संयोजकमा रापपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरिएको छ । बैठकले ठाकुरलाई सर्वसहमत रुपमा संयोजक चयन गर्दै संबिधान संशोधनको मुद्धा अगाडी बढाउँन जिम्मेवारी समेत दिएको छ ।
‘संघीय गठबन्धनको निर्णय, मुल्य, मान्यता, सिद्धान्त विपरित संघीय गठबन्धनका तत्कालिन संयोजक उपेन्द्र यादवले मधेसी–थारु, आदीवासी जनजाती, सिल्पी (दलित), मुस्लिम उत्पीडित लगायत समुदायको मुद्धा बिसर्जन गर्दै, आत्म समर्पणको कितामा गई, संबिधान संशोधन बिना जनतालाई धोखा दई स्थानीय तहको निर्वाचनमा सहभागि भएको हुदाँ संघीय गठबन्धनको संयोजक समेतको जिम्मेवारीबाट हटाउँने निर्णय गरिएको छ’ नवनियुक्त गठबन्धनका संयोजक ठाकुरद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
गठबन्धनले उठाउँदै आएको मुद्धा पुरा गराउँन ठाकुरले प्रभावकारी भुमिका निर्वाह गर्ने बिश्वास गठबन्धनमा सहभागि नेताहरुको रहेको छ ।
यसैगरी बैठकले गठबन्धनले अघि सारेका मुद्धाहरु एवं सरकारसंग भएको सहमती बमोजिम संबिधान संशोधन गरी निर्वाचनको बाताबरण बनाउँन सरकारसंग माग गरेको छ । संबिधान संशोधन गरी निर्वाचनको बाताबरण नबनाए गठबन्धनले बाध्यभएर आन्दोलनका कार्यक्रम सार्वजनि गर्ने चेतावनी सरकारलाई दिएको छ ।
यता फोरम नेपालका अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले गठबन्धनको बैठक नै नबसी ठाकुर गठबन्धनको स्वघोषित संयोजक बनेको दाबी गरेका छन् ।
गठबन्धनको बैठक पश्चात ठाकुरको हस्ताक्षर सहितको बिज्ञप्तीमा यादवलाई कारवाही गरिएको कुरा सार्वजनिक भएपछि चौरसियाले गठबन्धनलाई दुरुपयोग भएको जनाएका छन् ।
‘संघीय गठबन्धनको बैठक नै बसी राष्ट्रिय जनता पार्टीका नेताहरुले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरुपयोग गरी विज्ञप्ति जारी गरेको देखेर हामी सबैलाई आश्चर्यचकित बनाएको छ’ चौरसियाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘राजपाका कुनै एक नेताले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गर्नु आफैमा हास्यास्पद छ ।’
ठाकुरको एउटा विज्ञप्तिले गर्दा सहकर्मी दल र नेताहरुबीचको भावी सम्बन्ध कस्तो हुने ?, मधेसका जनताले यसलाई कुन रुपमा लिनेछन् ?, राजपाको यस्तो अप्रत्यासित हर्कतसँगै केही प्रश्न पनि जन्मिएका छन्, जसको जवाफ राजपा अध्यक्ष ठाकुरले दिनुपर्ने माग फोरमले गरेको छ ।
गठबन्धनमा आबद्ध घटक दल, प्रादेशिक र जातीय मोर्चालाई खबर नै नगरी राजपा अध्यक्ष ठाकुरले कुन नैतिकताले विज्ञप्ति जारी गरेका हुन् भन्ने प्रश्न गर्दै आखिर संघीय गठबन्धनको बैठक बोलाउँछ कसले ? राजपा अध्यक्ष ठाकुरलाई गठबन्धनको बैठक बोलाउने अधिकार कसले दियो ? संघीय गठबन्धनको नाममा विज्ञप्ति निकाल्ने अधिकार उनलाई कसले दियो ? पर्दा पछाडि यसभित्र गम्भीर डिजाइनले काम गरेको निष्कर्ष फोरम नेपालले निकालेको छ ।
जसले संघीय गठबन्धनको आन्दोलनलाई सँधै बहिष्कार गर्यो, आन्दोलनको कार्यक्रममा गएन, बैठकमा सहभागी भएन, उसलाई आज गठबन्धनको याद कसरी आयो ? उसलाई गठबन्धनको आवश्यकता किन पर्यो ? राजपा अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्ति राजपाको निर्णय हो, गठबन्धनको निर्णय होइन भन्ने दाबी फोरम नेपालले गरेको छ ।
गठबन्धनको निर्णय भन्दै राजपाले सुनियोजित रुपले जनतामा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदै फोरम नेपालले मोर्चा सम्मिलित संघीय गठबन्धनले गएको बैशाख ९ गते एक महिने आन्दोलनको कार्यक्रम घोषणा गर्दा वालुवाटारमा सहमति गरेर राजपा नेताहरुले आन्दोलन किन फिर्ता लिए ? भन्ने प्रश्न गरेका छ ।
‘आन्दोलन स्थगित गरेर राजपाले चुनाव चिन्ह माग्न निर्वाचन आयोग किन गएको थियो ?, पार्टी दर्ता नभएकोले आयोगले चुनाव चिन्ह दिन अस्वीकार गर्यो, स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि प्रदेश नं. ३, ४ र ६ नं. प्रदेशमा राजपाको कुनै अस्तित्व नै छैन्’ चौरसियाले दावि गर्दै भनेका छन्, ‘त्यहाँ राजपाको न मतदाता छन्, न उम्मेदबार ? अनि केका लागि उम्मेदबारी देऊन् ? तसर्थ, पहिलो चरणको चुनावमा राजपाले भाग लिनु वा नलिनुको कुनै अर्थ नै भएन ।’
फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवमाथि अहिले सुनियोजित ढंगले चौतर्फी प्रहार गर्दै मधेश विरोधी शक्तिहरुलाई बलियो बनाउन राजपाले षड्यन्त्र गरिरहेको दाबी चौरसियाले गरेका छन् ।

Comments
Post a Comment