सत्तारुढ दलका नेता षडयन्त्रमा लागेका छन्–नेपाल
राजधानी समाचारदाता
काठमाडौं, २६ काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा एमाले बिजयी हुने देखिएपछि सत्तारुढ दलका नेताहरु षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
एमाले प्रचार बिभागले मंगलबार बागबजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत सहित पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
संबिधानको कार्यान्वयन, रक्षा, राष्ट्रिय एकता र समाजिक सदभावका साथै समृद्ध नेपाल निर्माणका लागि एमालेलाई जनताले बहुमतका साथ निर्वाचत गराउँने उनले बताए । सत्तारुढ दलका कारण लोकतन्त्री मुल्यमान्यता खतरामा परेको औल्याउँदै नेता नेपालले लोकतन्त्र जोगाउँनका लागि एमालेप्रति जनलहर ओर्लिएको बताए ।
‘सत्तारुढ दल पहिले निर्वाचन नै नगर्ने पक्षमा थियो तर एमालेको दबाबका कारण निर्वाचनको मिति घोषणा भयो, अहिले आएर मतगनणाको बिषयमा षडयन्त्र गर्न खोज्दैछन्’ नेपालले भने, ‘जालझेल गर्नमा माहिर रहेको माओबादी र काँग्रेसले पहिलो चरणको निर्वाचनको परिणामसंग डराएर दोस्रो चरणको निर्वाचन नै गर्न नदिर्ने षडयन्त्रमा लागेका छन् ।’
बजेट घोषणा अघि नै दोस्रो चरणको निर्वाचन हुनुपर्ने माग गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले निर्वाचनलाई प्रभावि गर्न बजेट पछि सत्तारुढ दलले निर्वाचन गराउँन खोज्नुमा षडयन्त्र लुकेको बताए ।
अहिले सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकार, प्रदेश र संघीय सांसदको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, प्रदेश सम्बन्धीका ऐन निर्माण, गर्नुका साथै यस सम्बन्धि कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए ।
सत्तारुढ दल कमजोर भए कानुन निर्माणमा समेत चलखेल गर्नका लागि आवश्यक कानुन निर्माणमा सरकारले ध्यान नदिएको आरोप उनले लगाए ।
पछिल्लो समयमा निर्भिक, निडर, स्वच्छ प्रधानन्यायाधीश सुशिला कार्कीमाथि सत्तारुढ दलले महाअभियोगको प्रस्ताब ससंदमा लगेर न्यायालय सिध्याउन खाजेको आरोप लगाएका छन् ।
एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराईले दोस्रो चरणको निर्वाचन पहिलो चरणको निर्वाचन सम्पन्न भएको लामो समयपछि गर्न खोज्नुमा निर्वाचन आयोगको भुमिकाप्रति शंका लागेको बताए ।
पहिलो चरणको निर्वाचनको मतगणना निर्वाचन सम्पन्न भएपछि पनि गर्न नखोज्नु र दोस्रो चरणको निर्वाचन गर्न नखोज्नुमा एमाले गम्भिर बनेको उनले बताए । सत्तारुढ दल काँग्रेस र माओबादीको यस्तो चलखेलको एमाले भण्डाफोर गर्ने भट्टराईले बताए ।

Comments
Post a Comment