निर्वाचनमा एमालेले बहुमत ल्याउँने–ओली , फोरम परित्याग गरी शाक्य एमालेमा प्रबेश
सुभाष साह/राजधानी
काठमाडौं, २५ काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत ल्याउँने दाबी गरेका छन् ।
काठमाडौं महानगरपालिका–२१ लगनाबाट सोमबार घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीले बहुमत ल्याएपछि संबिधानको रक्षा, देशमा समृद्धिको काम पुरा हुने बताए ।
‘स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत सहित बिजयी हुन्छ, एमालेलाई बिजयी हुनबाट कसैले रोक्न सक्नेछैन्’ ओलीले भने, ‘एमालेको बिजयीसंगै संबिधानको रक्षा हुन्छ, मुलुकमा आर्थिक बिकास हुन्छ, जनताको समृद्धि प्राप्त गर्ने सपना पुरा हुन्छ ।’
स्थानीय तहको निर्वाचनमा जोडतोडका साथ लाग्न कार्यकर्तालाई ओलीले निर्देशन दिएका छन् । अहिलेको समयमा कम खानुस्, कम आराम गर्नुस र पार्टीका उम्मेदवार बिजयी गराउँने अभियानमा बढी समय दिनुपर्ने बताए ।
यसैगरी एमाले बरिष्ठ नेता झलनाथ खनालले पार्टीका उम्मेदवार जित्ने सुनिश्चित भएको बताएका छन् । पार्टीका कार्यकर्तालाई उम्मेदवारलाई बिजयी गराउँने अभियानमा लाग्न उनले निर्देशन दिएका छन् ।
एमाले प्रचार बिभागले सोमबार बागबजारमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले सरकारको ध्यान अहिले निर्वाचन भन्दा बढी अदालत तिर गएको बताएका छन् ।
सरकारका कारण राजनीतिक अस्थिरता बढेको आरोप लगाउँदै खनालले सरकारलाई निर्वाचन कसरी सफल बनाउँन सकिन्छ त्यसमा ध्यान दिन सुझाव दिएका छन् ।
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु धेरै नभएको बताए । नयाँ सरकार निर्माण गर्ने समिकरणको तयारी भईरहेको खुलासा भट्टराईले गरेका छन् ।
यता संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य एवं उपत्याका ईन्चार्ज रहेका सानुराजा शाक्य एमालेमा प्रबेश गरेका छन् ।
काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बिद्यासुन्दर शाक्यको घरदैलो कार्यक्रमका बीच शाक्य फोरम परित्याग गरि एमालेमा प्रबेश गरेका हुन् ।
बिगत लामो समय एमालेमै रहेका राजनीतिमा सक्रिय शाक्य काठमाडौं महानगरपालिका–२१ का स्थायीबासिन्दा हुन् । एमाले अध्यक्ष ओलीले शाक्यलाई खादा ओढाई पार्टीमा प्रबेश गराएका छन् ।

Comments
Post a Comment