संघीय गठबन्धनद्धारा आन्दोलनको घोषणा

सुभाष साह/राजधानी 
काठमाडौं, २५ काठमाडौं

संबिधान संशोधनका लागि दवाव दिने उदेश्यले संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

राष्ट्रिय जनता पार्टी नेपालको बिजुलीबजार स्थित कार्यालयमा मंगलबार बसेको गठबन्धनको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

राजपा नेपालका नेता मनिष सुमनले संबिधान संशोधन गराउँनका लागि दबाब दिने उदेश्यले आन्दोलनको क्रार्यक्रम घोषणा गरिएको बताए । २९ बैशाखमा तराई मधेसका सदरमुकाममा प्रर्दशन एवं बिरोध सभा र १ जेठमा सदरमुकामका साथै गाउँ गाउँमा बिरोध र्याली प्रर्दशन गरिने उनले बताए । 

सरकारले संबिधान संशोधनमा बहानाबाजी गरिरहेको आरोप लगाउँदै उनले आन्दोलनको बिकल्प नभएको बताए । संबिधान संशोधन नभई निर्वाचनमा सहभागि नहुने निर्णय गठबन्धनको बैठकले गरेको छ । 

‘सरकारले हामीलाई संबिधान संशोधनको आश्वासन दिदै आएको छ, तर अहिले सम्म त्यस्तो भएको छैन्’ सुमनले भने, ‘संबिधान संशोधनका लागि हामीसंग आन्दोलनबाहेक अरु बिकल्प छैन् ।’ 

संबिधान संशोधन पारित नभए निर्वाचनमा सहभागि नहुने गठबन्धनको यसअघिको निर्णय अनुसार राजपा नेपाल सहितका पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका छन् ।

संघिय गठबन्धनमा रहेका संघीय समाजबादी फोरम नेपाल ३१ बैशाखमा हुन गईरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि भएपछि फोरम नेपालका अध्यक्ष एवं गठबन्धनका संयोजक समेत रहेका उपेन्द्र यादवलाई कारवाही गरिसकेको छ । 

यादवलाई कारवाही गरेपछि गठबन्धनको संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरिएको छ । गठबन्धन संयोजक ठाकुरले निर्वाचन अघि नै संबिधान संशोधन हुनुपर्ने अडान लिदै आन्दोलनको घोषणा गरेका हुन् । 

यसअघि गठबन्धनलाई प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले संबिधान संशोधनको आश्वासन दिएपछि गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । 


Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !