सत्तारुढ दलले प्रहरी प्रशासनको दुरुपयोग गर्दैछन्–पोखरेल

Add caption

राजधानी समाचारदाता
काठमाडौं, २३ बैशाख

एमाले महासचिव ईश्वर पोखरेलले सत्तारुढ दलले प्रहरी प्रशासनको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले प्रहरी प्रशासनको दुरुपयोग गर्दै एमाले कार्यकर्तालाई पक्राउँ गरी दुख दिने काम गरिरहेको बताए ।

एमालेले शनिबार बागबजारमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले झुठा मुद्धामा फसाएर एमाले कार्यकर्तालाई दुख दिने काम भईरहेको बताए ।

‘सत्तारुढ दलले प्रहरी प्रशासनको दुरुपयोग गर्दै एमाले कार्यकर्तालाई झुठा मुद्धामा फसाएर दुख दिने काम गरिरहेको छ’ महासचिव पोखरेलले भने, ‘स्थानीय तहको निर्वाचन सम्म थुन्ने, झुठा मुद्धामा फसाउँने र दुख दिने काम भईरहेको छ ।’

सरकारले आफ्नो क्षेत्राअधिकार भन्दा बाहिर गएर काम गरे एमालेले त्यसको कडा रुपमा जफाव दिने चेतावनी उनले दिएका छन् ।

एक अर्को प्रसंगमा महासचिव पोखरेलले नेपालमा अहिले संबैधानिक सर्वोच्चता रहेको बताए । अहिले संसदीय सर्वोच्चताको कुरा उठेको बताउँदै उनले नेपालमा संबैधानिक सर्वोच्चता रहेको बताए ।

प्रधानन्यायाधीश सुशीला कार्काीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगलाई सर्वोच्च अदालतले रोकेपछि सर्वोच्चताको कुरा उठेको भन्दै देशमा संवैधानिक सर्वोच्चता कामय रहेको उनको भनाई रहेको छ ।

३१ जेठमा गर्ने भनिएको दोस्रो चरणको निर्वाचन एमालेले स्वीकार नगर्ने बताउँदै उनले १५ जेठमा घोषणा हुने बजेट घोषणा अघि नै गर्नुपर्ने बताए । सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने उनले बताए ।
‘निर्वाचन आयोगलाई हामीले पहिलो चरणको चुनाव र दोस्रो चरणको चुनावको फरक बढिमा एक साता हुनसक्छ भनेर भनेका छौं, बरु दुवै चुनाव सारेर जेठ ८, १० गते गर्न सकिन्छ’ पोखरेलले भने, ‘पहिलो चरणको चुनाव गरेर मत परिणाम सार्वजनिक गर्ने, बजेट ल्याउने अनि दोस्रो चरणको चुनावमा जाने कुरा कुनै हालतमा एमालेलाई मान्य हुँदैन ।’

दोस्रो चरणको निर्वाचनकै समयमा मुस्लिम धर्मालम्बिहरुको महान पर्व रमजान पर्ने भएकाले दिनभरी पानी समेत नखाई निर्वाचन प्रक्रियामा सहभागि हुन नसक्ने भएकाले यसकारण पनि निर्वाचन १५ जेठ अघि नै गर्नुपर्ने उनले बताए ।




Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !