संसदको बिशेषाधिकार उल्घंन भएको छैन्–ओली

राजधानी समाचारदाता
काठमाडौं, २४ बैशाख

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीस चोलेन्द्र समशेर जबराले दिएको आदेश संबिधानसम्मत रहेको बताएका छन् ।

एमाले ललितपुरले आईतबार आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जबराको अन्तरिम आदेशबाट संसदको बिशेषाधिकार उल्घंन नभई संबैधानिक सर्वोच्चता कायम भएको बताए ।

‘प्रधानन्यायाधीश सुशिला कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्थगन गर्नु दिईएको अन्तरिम आदेशले संसदको बिशेषाधिकारमा हस्तक्षेप गर्दैन्’ ओलीले भने, ‘यो आदेशले संबिधानको सर्वोच्चता कायम भएको छ, अब महाअभियोग फिर्ता लिनुको बिकल्प छैन् ।’

महाअभियोग अन्तिम ब्रम्हास्त्र भएको बताउँदै उनले सत्तारुढ दलले यसको गलत प्रयोग गरेको दाबी ओलीले गरेका छन् । सत्तारुढ दलले गलत रुपमा प्रयोग गरेको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने उनले बताए ।
महाभारतमा ब्रम्हास्त्रको गलत समयमा प्रयोग भएको कथा सुनाउँदै ओलीले कार्की बिरुद्ध गलत तरिकाले सत्तारुढ दलद्धारा महाअभियोग प्रस्ताव भएपछि उनीहरुकै निधारमा कलंक लागेको बताए ।

काठमाडौं र ललितपुरमा लम्पसारबादीलाई परास्त गर्नका लागि एमाले राप्रपासंग चुनावी तालमेल गरेको ओलीले बताए । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ललितपुरको बिकासका लागि एमालेलाई मतदान गर्नु पर्ने बताए ।


एमाले प्रचार बिभागले बागबजारमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष बामदेव गौतमले संबिधानको रक्षा, कार्यान्वयन र मुलुकको समृद्धिका लागि देशले एमालेको नेतृत्व खोजिरहेको बताएका छन् ।

अहिले मुलुकले नयाँ नेतृत्व खोजिरहेको बताउँदै उनले एमालेको नेतृत्वमा जनताको समृद्धिका योजना पुरा हुने दावी गरेका छन् । अहिले देखा परेको संवैधानिक र राजनीतिक समस्या समाधान गर्नका लागि राष्ट्रले एमालेको नेतृत्व आवश्यक रहेको बताउँदै उपाध्यक्ष गौतमले एमालेको काँधमा राष्ट्र र संविधान बचाउने महत्वपुर्ण अभिभारा आईपरेको बताए ।
एमालेलाई स्थानीय निर्वाचनमा चौतफीरुपमा घेराबन्दी गर्न खोजिए पनि सत्तारुढ दलको गठबन्धनले एमालेलाई फरक नपर्ने उनले बताए । जस्तो सुकै गठबन्धन गरेपनि एमाले जित सुनिश्चित रहेको दाबी उनले गरेका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश सुशिला कार्की बिरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएर अर्को कोतपर्व सत्तारुढ दलले घटाउँन खोजेको आरोप लगाएका छन् ।

सत्तारुढ दलका पछिल्लो गतिविधि आतंकबादीको आत्मघाती खेल जस्तै भएको उनले बताए । सत्तारुढ दलका केही नेताहरु अहिले बहुलठ्ठीपूर्ण ढंगले अघि बढिरहेको भट्टराईले बताए ।

‘आतंकवादीहरु असफल बन्दा अन्ततः आत्मघाती खेल खेल्छन् म सत्तारुढ दलहरुहरुलाई आतंकवादी त भन्दिन तर उनीहरुका पछिल्ला दिनहरुका क्रियाकलापहरुले त्यस्कै झझ्ल्को दिएको छ’ भट्टराईले भने, ‘सत्तारुढ दलहरुले लगाएको प्रधानन्यायधिश माथिको अभियोग पनि त्यस्तै प्रकृतिको कदम हो, यो आत्मघाती खेल अहिले सत्तारुढ दलहरुकै कोर्टमा फर्किएको छ ।’

सोही कार्यक्रममा प्रचार विभाग उपप्रमुख तथा एमाले केन्द्री सदस्य सूर्य थापाले एमालेले स्थानीय तहमा ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गर्दै निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वीरोध निर्वाचित संख्याले त्यसलाई पुष्टी गरेको बताए । 


Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !