काठमाडौंका मेयर उम्मेदवार शाक्यले ल्याए एक सय एक कार्यक्रम
राजधानी समाचारदाता
काठमाडौं, २६ काठमाडौं
एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बिद्यासुन्दर शाक्यले निर्वाचनमा बिजयी भए बृद्ध भत्ता बढाउँने उदघोष गरेका छन् ।
काठमाडौंको जमलमा मंगलबार पत्रकार सम्मेलन गर्दै शाक्यले आफु मेयरमा बिजयी भए तीन महिनामा गरिने एक सय एक कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
‘हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा तीन हजार थप गरी पाँच हजार बनाउने, ८४ वर्ष पुगिसकेकालाई १२ हजार दिने पहिलो निर्णय गर्छु’ शाक्यले भने, ‘यो भत्ताको रकम सम्वन्धित व्यक्तिको बैंक खाता मार्फत सिधै पठाउने व्यवस्था गर्नेछु ।’
यसैगरी ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुर्नस्थापनाको प्रक्रिया अगाडी बढाउँने, ग्रिन एण्ड क्लिन काठमाडौं बनाउँने शाक्यले बताए । महानगरभित्रका धार्मिक तथा सांस्कृतीक एवं पर्यटकीय केन्द्रहरुमा संरक्षण एवं फ्रि वाईफाईको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाको छुटै काठमाडौं महानगरीय निर्माण समिति, महानगरीय लगानी कम्पनी निर्माण गर्ने लगायतका महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् ।
प्रत्येक युवाहरुलाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यवसायिक तालिम, हस्तकला, ललितकला, प्रविधि लगायत बिभिन्न रचनात्मक कामहरुमा आवद्ध गराउने गरी कार्यक्रम शाक्यले बताए । शिक्षा, स्वास्थय, यातायात लगायतका क्षेत्रमा बिशेष कार्यक्रम गरिने योजना उनले ल्याएका छन् ।
एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेल, काठमाडौं महानगरका पुर्वमेयर केशव स्थापित लगायतकाले शाक्यलाई मेयर पदमा निर्वाचन गराए बिभिन्न योजनाहरु लागु गर्ने बताएका छन् ।

Comments
Post a Comment