लोकतान्त्रिक फोरमद्धारा चार पार्टीसंग एकिकरण
सुभाष साह/राजधानी
काठमाडौं, २४ बैशाख
नेपाल लोकतान्त्रिक फोरम नेपालले संसदमा प्रतिनिधित्व नगर्ने चार पार्टीसंग एकिकरण गरेको छ ।
काठमाडौंको सिद्धार्थ पार्टी प्यालेसमा आईतबार लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष बिजयकुमार गच्छदारले चार पार्टीसंग एकिकरण भएको घोषणा गरेका छन् ।
नेत्रबहादुर लिम्बु नेतृत्वको राष्ट्रिय जनता पार्टी, शेरबहादुर कार्की नेतृत्वको नेपाल पिपल्स पार्टी, धिरेन्द्र झा नेतृत्वको युनाईटेड नेपाल रिपब्लिनकन पिपल्स पार्टी र देवीप्रसाद आचार्य नेतृत्वको शान्ति पार्टी नेपालसंग लोकतान्त्रिक फोरमले पार्टी एकिकरण गरेको छ ।
यस गच्छदारले शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र असोदा कुमारी लामा नेतृत्वको दलित जनजाती पार्टी नेपाल पार्टी एकिकरण गरिसकेका छन् ।
अहिले मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक नाम रहेको गच्छदार नेतृत्वको पार्टी स्थानीय तहको निर्वाचन पश्चात नेपाल लोकतान्त्रिक फोरम नामकरण गरिने सहमती भएको छ ।
बिभिन्न पार्टीसंग एकिकरण गर्दै फोरम लोकतान्त्रिक मधेसको पहिलो र नेपालको राष्ट्रिय पार्टी बन्ने महासचिव भारतेन्दुकुमार मल्लिकले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त गरे पछिका वर्षहरुको राजनीतिक घटनाक्रमहरुलाई समीक्षा गर्दै एकिकरणमा सहभागि दलहरुले राष्ट्रिय राजनीति स्थायित्व एवं समग्र देश विकाशका लागि गरिने कुनै संकेतहरु फेला नपरेको समिक्षा गरेका छन् ।
राष्ट्रिय समस्याहरु झनझन दिन प्रति दिन बल्झिदै उकालो चढदै गएको र तिनका समाधान गर्ने ढोकाहरु अझ वढी साँघुरो पारिदै गएको निष्कर्ष ति दलका नेताले निकालेका छन् ।
हरेक परिवर्तन पछिका कालखण्डमा थारु, आदिवासी – जनजाती, मधेशी, दलित, मुस्लीम, उपेक्षित सीमान्कृत, अल्पसंख्यक समुदाय राज्यको सबै अंगको पहुँचबाट टाढा पारिएको र अब यि समुदायको अधिकारका लागि एकिकृत पार्टीले जनतका बीचमा सशक्त रुपमा काम गर्ने जनाएको छ ।
पार्टी एकिकरण घोषणा सभालाई सम्बोधन गर्दै चारै दलका नेताले आफुहरुद्धारा नेतृत्व प्रदान गरी आएको पार्टीहरुले देश भित्रका उपेक्षित, अपहेलित सीमान्तकृत समुदायहरुको हक हितका लागि निरन्तर संघर्ष गरी आएको बताउँदै देशका थारु, आदिवासी जनजाती, मधेशी, मुस्लीम, अल्पसंख्यक, सिमान्तकृत वर्ग एवं परिवर्तनका पक्षधरहरुको आवाज मुखरीत गर्ने सवालमा चारै पार्टीको राजनीतिक मर्म र उद्देश्य एउटै भएकाले पनि नेपाल लोकतान्त्रिक फोरम पार्टीमा समाहित हुने सहमती भएको जनाएका छन् ।
एकल जातिय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको यो समायोजन पश्चात एकिकृत पार्टीलाई राष्ट्रब्यापी रुपमा नेपाली जनताको घरदैलोमा पु¥याइ हिमाल, पहाड र तराइलाई एक सुत्रमा आवद्ध गर्ने अठोट ति नेताले व्यक्त गरेका छन् ।
यसैगरी सोही सभाका बीचमा गच्छदारले लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ को प्रतिबद्धता पत्र सार्वजनिक गरेकाका छन् । लोकतान्त्रिक फोरमले २४ पृष्ठको स्थानीय तह निर्वाचन–२०७४ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
सबैका समस्यालाई सम्बोधन नगरी हचुवाका भरमा ल्याइएको कुनै पनि संविधानले मुलुकलाई स्थायी समाधान दिन नसक्ने निष्कर्ष प्रतिबद्धता पत्रमा निकालिएको छ ।
देशमा वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, सांस्कृतिक आदि विभिन्न किसिमका विभेद र उत्पीडनमा पारिएका नेपाली जनतालाई उनीहरुको पहिचान, आत्मसम्मान, न्याय, अधिकार र विकास दिलाइ देशलाई एक ढिक्का बनाएर नेपाललाई विकसित र समृद्ध बनाउन चाहेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

Comments
Post a Comment