प्रधानमन्त्रीको राजिनामा जेठ पहिलो साता संसदमार्फत राजिनाको तयारी


सुभाष साह/राजधानी
काठमाडौं, १ जेठ 

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता राजिनामा दिने बताएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजिनामा दिने बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसंग छलफलमा दाहालले नेपाली काँग्रेससंगको पुर्व सहमती अनुसार राजिनामा दिने बताएका हुन् । 

प्रधानमन्त्री दाहालसंग छलफलमा सहभागि राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यही साता दाहालले राजिनामा दिने जानकारी दिएको बताएका छन् । भेटमा दाहालले सरकार निर्माणका बेला कांग्रेससंग स्थानयि तहको निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको भन्दै सहमति पालनाका लािग राजिनमा दिन लागेको बताएका थिए । 

‘प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेकाले पुर्व सहमति अनुसार आफुले जेठ पहिलोसाता सम्ममा राजिनामा दिने तयारी गरिरहेको बताउनुभयो,’ महतोले राजधानीसंग भने । 

भेटमा आफुले राजिनामा दिएपछि तत्काल सरकार बन्न नसके कामचलाउ सरकारले बजेट ल्याउने प्रधानमन्त्रीले बताएको महतोको भनाइ छ । ‘दाहालले राजिनामा दिईसकेपछि १५ जेठमा कामचलाउँ सरकारले नै बजेट ल्याउँने बताउनुभएको छ,’ महतोले भने । 

 निर्वाचन सम्पन्न भएलगत्तै संबिधान संसोधनवारे ध्यानाकर्षण गराउन पुगेका राजपाका नेतासंग दाहालले आफुले राजिनामा दिएपनि संसोधन भने पारित गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । 

दोस्रो चरणको निर्वाचन गर्नु अघि संबिधान संशोधन गर्नुपर्ने, पुर्वको झापा देखी पश्चिमको कञ्चनपुरसम्मको मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउँनुपर्ने, मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाईएका झुठा मुद्धा फिर्ता लिनुपर्ने, मृत्यु भएका कार्यकर्तालाइ शहिद घोषणा गर्नुपर्ने माग पुरा भएपछि मात्र दोस्रो चरणको निर्वाचनमा सहभाग िहुने मराजपाका नेताले अडान लिउका थिए । 

जवाफमा प्रधानमन्त्रीले आफु संबिधान संसोधन गर्ने बिषयमा गम्भीर रहेको भन्दै अन्य दलहरुसमेत सकारात्मक भएकाले चार जेठवाट बस्ने संसद वैठकबाट पारित हुने विस्वास दिलाएको राजपाका नेताहरु बताउछन ।

भेटमा प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापुर्ण सम्पन्न भएकोमा प्रधानमन्त्री दाहालले खुशी व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन कसरी सफल बनाउँन सकिन्छ भनेर राजपाका नेतासंग प्रश्न गरेका थिए । 

‘प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन कसरी सफल बनाउँन सकिन्छ भन्ने बिषयमा छलफल गर्नुभयो’ महतोले राजधानीसंग भने, ‘हामीले दोस्रो चरणको निर्वाचन सफलतापुर्वक गर्नका लागि संबिधान संशोधन गर्नुपर्ने बतायौं ।’

राजपाका नेताको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले संबिधान संशोधन गराउँन प्रयास गरिरहेको जानकारी दिएका छन् । अरु मागका बिषयमा चाडै निर्णयमा पुग्ने आश्वासन उनले राजपाका नेतालाई दिएका छन् । 

प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीनिक घटनाक्रम, संविधान संशोधन पारित गर्ने विषय तथा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको जनाएको छ । 
‘संविधान संशोधन करी गर्ने भन्ने विषयमा प्रधानमन्त्री र राजपाका नेताबिच छलफल भएको हो,’ उनको सचिवालयले भन्यो, ‘संशोधन पारित गर्ने तथा स्थानीय तहको निर्वाचन लगायत विषयमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको हो ।’
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिने विषय उठाएका थिए । 
‘हाम्रो माग सम्बोधन नभई हामी निर्वाचनमा सहभागि हुन अप्ठयारो छ र मधेसमा निर्वाचन हुन पनि अप्ठयारो रहेको छ’ भेटमा महतोले भने, ‘माग सम्बोधन गरेर निर्वाचन गरौं, त्यसपछि माहौल बन्छ, हैनभने अप्ठयारो छ ।’

प्रधानमन्त्री भेट्न राजपाका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, अनील झा, राजकिशोर यादवलगायतका नेता पुगेका थिए ।   



Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !