संबिधान संशोधन नभई मधेसमा निर्वाचन हुन नदिने चेतावनी
सुभाष साह/राजधानी
काठमाडौं, २८ काठमाडौं
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन नगरी मधेसमा स्थानीय तहको निर्वाचन हुन नसक्ने चेतावनी युक्त सल्लाह राष्ट्रपति बिद्यादेवी भण्डारीलाई दिएका छन् ।
राष्ट्रपति भण्डारीले बिहिबार बोलाएको सर्वदलिय बैठकमा सुझाव दिदै फोरम नेपालका अध्यक्ष यादवले पहिला संबिधान संशोधन त्यसपछि मात्रै स्थानीय तहको निर्वाचन मधेसमा हुनुपर्ने बताएका छन् ।
३१ बैशाखमा हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि फोरम नेपाल दोस्रो चरणको निर्वाचन संबिधान संशोधन नगरी हुन नदिने चेतावनी दिएका हुन् ।
आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएकी सर्वदलिय बैठकमा यादवले दोस्रो चरणको चुनाव अघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनु पर्ने, मतदाता नामावली थप्न समय दिनु पर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकै पटक हुनु पर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, चुनावमा सेना परिचालन गर्न नहुने, मधेस आन्दोलनका दौरान पक्राउ परेका नेता कार्यकर्ताको रिहाई एवं उनीहरुको मुद्दा खारेज हुनु पर्ने, मधेसमा गाउँपालिका एवं नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा बृद्धि गर्नुपर्ने र सरकारले स्थानीय चुनावपछि मात्र बजेट ल्याउने सुझाव यादवले दिएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संघीय गठबन्धनको निर्णय सुनाउँदै संबिधान संशोधन आफुहरुको वटमलाईन भएको बताए । संबिधान संशोधन, जनसंख्याका आधारमा गाउँपालिका, नगरपालिको संख्या, मधेस आन्दोलन, थारुहट आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा फिर्ता, शहिद घोषणा लगायतका कामहरु पुरा नगरी हुने कुनै पनि निर्वाचन मधेसमा हुन नसक्ने बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गठबन्धनको माग पुरा नगरी हुने निर्वाचनमा राजपा नेपाल सहभागि नहुनुका साथै कुनै निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।
रिपोटर्स क्लवले काठमाडौंमा बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महतोले संबिधान संशोधन, जनसंख्याका आधारमा मधेसमा गाउँपालिका र नगरपालिका, आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् ।
‘तपाईहरु एउटा कुरा किलियरकट के बुझुनुस्की जेठ ४ गते भित्रमा हाम्रो यि माग पुरा हुदैन् भने बाध्यभएर हामी शसक्त आन्दोलनका कार्यक्रम ल्याउँछौं, निर्वाचनमा सहभागि त हुदैनौं कुनै निर्वाचन मधेसमा हुन पनि दिदैनौं’ महतोले भने, ‘निर्वाचन गराउँनुछ भने पहिला यि माग पुरा गर्नुपर्छ हैन भने कुनै पनि शक्तिले निर्वाचन गराउँन सक्दैन् ।’
सरकारले आफुहरुसंग गरेको प्रतिबद्धता पुरा नगरेका कारण पहिलो चरणको निर्वाचनमा राजपा नेपाल सहभागि नभएको उनले बताए । उपेन्द्र यादव जस्तै राजपा नेपालले आफ्नो मुद्धा छोडेर कुनै निर्वाचनमा सहभागि नहुने उनले बताए ।
कोही भ्रममा नपरे हुन्छ हामी हाम्रो मुद्धा छोडेर कुनै निर्वाचनमा नजाने बताउँदै महतोले माग पुरा नभए अबको आन्दोलन मधेस मुद्धा छोडने र मधेसका मागको बिरोधमा रहेका बिरुद्धमा हुने चेतावनी दिएका छन् ।

Comments
Post a Comment