एमालेको निष्कर्षः सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलाप बढयो


सुभाष साह/राजधानी 
काठमाडौं, २७ काठमाडौं

प्रमुख प्रतिपक्षी दल एमालेले सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलाप बढेको निष्कर्ष निकालेको छ । सत्तारुढ दलका नेताहरुबाट सांगठनिक रुपमै हिंसा मच्चाउँने, अपराधपुर्ण कार्य भईरहेको भए पनि त्यसलाई रोक्नुको साटो सरकारले संरक्षण गरिरहेको आरोप एमालेको रहेको छ । 

स्थानीय निर्वाचनको सिलसिलामा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा मंगलबारराती माओवादी केन्द्रको सांघातिक आक्रमणमा एमालेका युवा कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकोमा एमालेले यस्तो निष्कर्ष निकालेको हो । 
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङसहितले जुँगुस्थित निलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओबादीका अपराधिक जत्थाको आक्रमण गरेको बताए । 
‘माओबादीका अपराधिक जत्थाको समुहबाट करिब १७ राउन्ड फायरिङ गरिएको यस घटनाले सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको छ’ भट्टराईले भने, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ, यस अपराधिक कृयाकलापमा संलग्नलाई यथासिघ्र पक्राउँ गरी कानुनी कठघारामा ल्याउँन हामी सरकारसंग माग गर्छौ ।’
यस्तै सोही घटनामा परी पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई पनि गम्भीर घाइते भएका छन् । हाल बुढाथोकीका काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
एमालेलाई विजयी बनाउने अभियानमा जुट्दाजुट्दै जीवन आहुति दिने तामाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा एमाले गहिरो समवेदना गरेको छ ।
घाइते बुढाथोकी लगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षतिपुर्ति एवं घाईतेको उपचारको व्यवस्था मिलाउँन, र घटनामा संलग्नलाई तुरुन्त पक्राउँ गरी कारवाही गर्न एमालेले सरकारसंग माग गरेको छ । 
एमाले प्रचार बिभागले बबरमहलमा आयोजना गरेको प्रचार भेलालाई बुधबार सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले आतंकको राज सृजना गर्न खोजेको बताए । आतंकको छायामा सरकार चलाउँन खोजिएको भन्दै उनले सरकारको आलोचना गरेका छन् । 
‘सत्तारुढ दलका नेताले आतंक मचाएका छन्, सत्ताधारी दलबाट एमाले माथि आक्रमण भईरहेका छन्, माओबादी नेताहरु प्रहरीको दुरुपयोग गरिरहेका छन्’ ओलीले भने, ‘सरकारकै संरक्षणमा माओबादीका आतंकबादी समुहले दोल्खामा हत्याहिंसा मचाएका छन्, सरकार के हेरी बसेको छ ?’ 
जिल्ला जिल्लामा सत्ताको संरक्षणमै आतंक मचाउँदै माओबादीका अपराधिक समुह सक्रिय रहेको ओलीले बताए । एमाले जस्तो प्रतिपक्षी दललाई यस्तो व्यवहार गरिरहेको सत्तारुढ दलले अरुलाई के गर्ला भन्दै ओलीले प्रश्न गरेका छन् । 
स्थानीय तहको निर्वाचनको संदर्भमा बोल्दै ओलीले राष्ट्रिय स्वभिमान, आर्थिक समृद्धि, शान्ति र सुशासनका लागि एमालेलाई मतदान गर्नुपर्ने बताए । 
‘एमालेलाई भोट दिनु नपर्ने कारण, अरुलाई भोट दिनुपर्ने कारणमा कोई बहस गर्न चाहन्छ भने म आमन्त्रण गर्न चाहन्छु’ ओलीले भने, ‘मलाई लाग्छ कसैले दरखास्त नै हाल्दैनन्, किनभने एमाले बाहेक सबै दलले त्यो हैसियत गुमाईसकेका छन् ।’ 
एमालेले रेलको बिकास गर्ने कुरा गर्दा सबैले मजाक बनाएको बताउँदै ओलीले अहिले सबै राजनीतिक दलको घोषणा पत्रमै रेलको कुरा आउँदा खुशी लागेको बताए । 
निर्वाचन अचारसंहिता बिपरित सरकारले गरिरहेको बिभिन्न निर्णय निर्वाचन आयोगले बदर गर्नुपर्ने माग उनले गरेका छन् । निर्वाचन अचारसंहिता बिपरितका काम रोक्न निर्वाचन आयोगलाई निरिहिता नदेखाउँन ओलीले सुझाव दिएका छन् । 
यता बागबजारमा एमाले प्रचार बिभागले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै सचिव प्रदिप ज्ञवालीले २४ घण्टाभित्रमा दोल्खा घटनाका अपराधिलाई पक्राउँ गर्न सरकारसंग माग गरेका छन् । 
सत्तासंरक्षित गुण्डागदी भईरहेको आरोप लगाउँदै ज्ञवालीले माओबादीको आतंक रोक्न सरकारलाई आग्रह गरेका छन् । 
‘२४ घण्टाभित्रमा अपराधिलाई पक्राउँ गरी कानुनी कठघारामा उभ्याउँन हामीले सरकारसंग माग गर्छौ’ ज्ञवालीले भने, ‘हैन भने, एमालेले आफ्नो कार्यकर्ताको संरक्षण आफै गर्न उत्रियो भने प्रहरी प्रशासनले सम्हाल्न सक्दैनन् ।’ 
सरकारकामा को छ को छैन् त्यसका आधारमा नभई सबै नेपाली जनताको जिउधनको रक्षा प्रहरी प्रशासनले गर्नुपर्ने आग्रह उनले गरेका छन् । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !